News Portal

रेडियो सुन्नुहोस्

लिवाङमा जन्ति बोकेको जिप दुर्घटना ८ जनाको मृत्यु : नामावली सहित

तेजेन्द्र बिएम२०७८ माघ २२
१८८८ पटक
२०७८ माघ २२

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङबाट बेहुली लिएर गौंमुखी गाउँपालिका ६ लिवाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलमै ६ जना र उपाचारको लागि विजुवार अस्पताल ल्याउदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी मृत्यु हुनेमा गौमुखी गाउँपालिका ६ लिवाङका एकै परिवारका ३ जना बसन्त खड्का, बसन्ता खड्का र एलीसा खड्काको मृत्यु भएको छ । त्यसैगरी केशरी खड्का, बल बहादुर बुढामगर, खिम बहादुर खत्री, नन्दी खड्काको मृत्यु भएको हो । बसन्त खड्का र एलिसाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्यको घटनास्थलमा मृत्यु भएको हो । घटमा मृत्यु भएकी एक जना महिलाको पहिचान हुन सकेको छैन ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुलही रिमा जि.सी, दुलाहा दान बहादुर खड्का, साबित्रा जिसी, हरी बुढामगर, नरेश खड्काको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भिर एक जनलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ ।

शुक्रबार राती ३ बजे तिर लुङबाट लिबाङ फर्कदै गरेको ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । स्थानीय प्रहरी घटनास्थलमा पुगीसकेको छ । घाइतेहरुलाइ उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । जिप सडक देखि १ सय ५० मिटर तल खोल्सामा खसेको स्थानीयले बताएका छन् । दुर्घटनाका कारण खुलेको छैन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...