News Portal

रेडियो सुन्नुहोस्

लिवाङमा जन्ति बोकेको जिप दुर्घटना ८ जनाको मृत्यु : नामावली सहित

तेजेन्द्र बिएम२०७८ माघ २२
१७४१ पटक
२०७८ माघ २२

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङबाट बेहुली लिएर गौंमुखी गाउँपालिका ६ लिवाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनास्थलमै ६ जना र उपाचारको लागि विजुवार अस्पताल ल्याउदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी मृत्यु हुनेमा गौमुखी गाउँपालिका ६ लिवाङका एकै परिवारका ३ जना बसन्त खड्का, बसन्ता खड्का र एलीसा खड्काको मृत्यु भएको छ । त्यसैगरी केशरी खड्का, बल बहादुर बुढामगर, खिम बहादुर खत्री, नन्दी खड्काको मृत्यु भएको हो । बसन्त खड्का र एलिसाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्यको घटनास्थलमा मृत्यु भएको हो । घटमा मृत्यु भएकी एक जना महिलाको पहिचान हुन सकेको छैन ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुलही रिमा जि.सी, दुलाहा दान बहादुर खड्का, साबित्रा जिसी, हरी बुढामगर, नरेश खड्काको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भिर एक जनलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ ।

शुक्रबार राती ३ बजे तिर लुङबाट लिबाङ फर्कदै गरेको ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । स्थानीय प्रहरी घटनास्थलमा पुगीसकेको छ । घाइतेहरुलाइ उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । जिप सडक देखि १ सय ५० मिटर तल खोल्सामा खसेको स्थानीयले बताएका छन् । दुर्घटनाका कारण खुलेको छैन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...