News Portal

रेडियो सुन्नुहोस्

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित

झुलेनी पोष्ट२०७८ माघ २५
८५४ पटक
२०७८ माघ २५

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो ।

सरकारले निर्वाचनको मिति तय गरेसंगै मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ मा भएको प्रावधान समेतका आधारमा नामावली संकलन कार्य स्थगित गरीएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।

प्यूठान जिल्लामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य हुँदै आएको थियो ।

निर्वाचन कार्यालयका अनुसार २०७८ माघ २५ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...