News Portal

रेडियो सुन्नुहोस्

हर्ट ग्रुपले गर्‍यो नवजात शिशु र किड्नी पीडितलाई आर्थिक सहयोग

झुलेनी पोष्ट२०७८ चैत १७
१५२९ पटक
२०७८ चैत १७

नेपाली हर्ट ग्रुपले उपचारमा समस्या परेका २ बिरामीलाई आर्थिक सहयोग गरेको छ । हर्ट ग्रुपले मल्लरानी गाउँपालिका-१ का नवजात शिशुको उपचारका लागि नगद रु. १५ हजार सहयोग गरेको छ भने सुनसरीका ४६ वर्षिय किड्नी पिडित बाबुराम कार्कीलाई पनि आर्थिक सहयोग गरेको छ ।

गत चैत्र ६ गते प्यूठान अस्पतालमा जन्मिएका नवजात शिशुलाई टाउकोमा पानी जमेको समस्या देखिएपछि शिशुको उपचार गृह जिल्लामा सम्भव नभएकाले बाहिरी जिल्ला रिफर गर्नुपर्ने अस्पतालका चिकित्सकहरुले बताएका थिए । शिशुको बाबुको शिशु गर्भमा हुदाँनै मृत्यू भईसकेको परिवारले बताएका थिए । आर्थिक अभावले शिशुको उपचारमा समस्या भएपछि उनलाई केही दिन प्यूठान अस्पतालमै राखिएको थियो । त्यस लगत्तै पत्रकार बोम बहादुरको पहलमा केही आर्थिक रकम संकलन भएपश्चात शिुशुलाई उपचारको लािग काठमाण्डौ स्थित शिक्षण अस्पतालमा पठाईएको थियो ।

विहिबार हर्ट ग्रुपका अध्यक्ष डिल्लीराज पराजुली ग्रुपका सदस्यहरु गोबिन्द थापा, सैलेन्द्र खनाल, समिक्षा वलि लगायतको टिम शिक्षण अस्पातलमै पुगेर उपचारत शिशुका अभिभावकलाई सहयोग रकम हस्तान्तरण गरेको नेपाली हट गु्रपले जानकारी दिएको छ । त्यस्तै किड्नी पीडित कार्किलाई काठमाडौ स्थित पाटन अस्पतालमा पुगेर उपचारका लागि १० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ ।
मानव सेवा नै धर्म हो भन्दै स्थापना गरिएको उक्त सस्थाले आउदो सनिबार धरानको एक आस्रममा सहयोग गर्न जाने हर्ट गु्रपका अध्यक्ष डिल्लिराज पराजुलीले बताएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...