News Portal

रेडियो सुन्नुहोस्

सुपोमा गोलभेडा बेच्थे सुर्य बहादुर : जीवनको रङ्ग

तेजेन्द्र बि. एम.२०७८ चैत २३ प्यूठान
१८१४ पटक
२०७८ चैत २३ प्यूठान

बिहान घाम नझुल्किदै आउछन् राती अबेरसम्म बस्छन् । प्यूठान नगरपालिका ४ टारीका सुर्यबहादुर भण्डारी बिजुवार क्षेत्रका सबैभन्दा पुरानो तरकारी तथा फलफूल व्यवसायीको रुपमा चिनिन्छन् । उनले तरकारी व्यवसाय सुरु गर्दा पहिलेको अवस्था धेरै फरक थियो । अहिले ६२ वर्ष पुग्दा पनि भण्डारी तरकारी विक्री गर्ने व्यवसायनै गर्दछन् । हिजोआज बिजुवार बजार क्षेत्रमा व्यवसायी बढेका छन् । उनिसङ्ग तरकारी व्यवसाय र शिक्षण सम्बन्धी धेरै पुरानो अनुभव छ । उनको कहाँनी सुन्दा कुनै पनि व्यक्ति सफल हुनको लागि धेरै सम्पति चाहिन्छ जस्तो लाग्दैन । सफल हुनको लागि त केवल सानो लगानी बाटै भएपनि मेहनत गर्नुपर्ने रहेछ ।उनले सबैभन्दा पहिले रातामाटामा खाद्यान्न तथा फेन्सी पसल गरेका थिए । त्यो व्यवसायलाई छोडेर तरकारी तथा फलफूल व्यवसाय गर्न थालेका हुन् ।

पहिले उनले २०५५ सालमा बिजुवारको चोकमा आफ्नै बारिमा उत्पादन भएको लोकल गोलभेडा सुपोमा राखेर बेच्न सुरु गरेका उनी अहिले मास्टर तरकारी पसलले चिनीने गर्दछन् । बिहान साँझ तरकारी व्यवसाय गर्ने उनी दिउँसो पढाउने काम गर्थे । शारदा निम्न माध्यमिक विद्यालय सापडाडामा शिक्षण गर्दै आएका उनले पेन्सन समेत पकाएका छन् । उनी विद्यालयमा व्यस्त हुँदा तरकारी पसलमा श्रीमती र छोराछोरीले व्यवसाय चलाउने गर्थे । तरकारी सङ्गसङ्गै फलफूल, माटोका भाडाहरु (गमला, पाला, खुट्रुके) र सुपोहरु पनि बेच्न थाले । आफू विद्यालय हुँदा छोराछोरी र श्रीमतीले सम्हाल्दै आएको तरकारी पसलको नाम पनि उनी मास्टर तारकारी पसल राखेका छन् । आफू शिक्षक भएर होला पसलको नाम पनि त्यही किसिमको राखेको उनले झुलेनी पोष्टसङ्गको कुराकानीमा बताए ।

अहिले मासिक सरदर १५ देखि २० हजार यहि व्यवसायबाट आम्दानी भएको उनले बताए । दुखी पेसा भएपनी आफुहरु सन्तुष्टि रहेको समेत उनले बताए । निरन्तर ३० वर्षको शिक्षण पेसा गर्दै आएका उनी २०७० सालमा अवकाशप्राप्त भएका हुन् । आफुले गोलभेडा बेच्न सुरु गर्दा अरु कसैको पसल थिएन । बिस्तारै अरुले पनि तरकारी पसल गर्न थालेको भण्डारी बताउँछन् । ‘पहिले प्यूठानमै उत्पादन भएको तरकारी बेच्थ्यौ,’ उनले भने, ‘हिजोआज बुटवल, चितवन, दाङ (देउखुरी लमही), सल्यान कपुरकोट कृष्णनगरबाट समेत तरकारी तथा फलफूलहरु आउँन थाले ।’ यो व्यवसाय धारासायी बन्नुको कारण भनेकै बिचौलियाहरुले व्यवसायी र किसान दुवै पक्षलाई सताउनु भएको उनी बताउँछन् ।

फलफुल तथा तरकारी व्यवसायी संघ प्यूठानको संस्थापक अध्यक्ष भएर २ कार्यकाल बिताए । अहिले उनी यो संघको केन्द्रिय सदस्य समेत छन् । आफू एक्लैले सुरु गरेको संघमा अहिले जिल्ला भरका ४ सय व्यवसायीहरु आवद्ध भएको उनले बताए । थोरै पुजिमा पनि यो व्यवसाय गर्न सकिने भएकाले सामान्य किसानले पनि यो यवसाय गर्न सकिने उनको अनुभव छ । ‘यो व्यवसायमा एउटै रेट बनाउन सकिदैन त्यसैले नाफामूलक भन्दापनी सेवामूलक व्यवसायको रुपमा लिन किन्छ । बासी भए गलेर नष्ट भएर जान्छ । त्यसले घाटा पनि व्यहोर्नुपर्ने हुन्छ,’ उनले भने । तर यो पेसा सजिलो पेसा भएकोले धेरैले गर्न रुचाउँने उनले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...