News Portal

रेडियो सुन्नुहोस्

सुपोमा गोलभेडा बेच्थे सुर्य बहादुर : जीवनको रङ्ग

तेजेन्द्र बि. एम.२०७८ चैत २३ प्यूठान
२०४५ पटक
२०७८ चैत २३ प्यूठान

बिहान घाम नझुल्किदै आउछन् राती अबेरसम्म बस्छन् । प्यूठान नगरपालिका ४ टारीका सुर्यबहादुर भण्डारी बिजुवार क्षेत्रका सबैभन्दा पुरानो तरकारी तथा फलफूल व्यवसायीको रुपमा चिनिन्छन् । उनले तरकारी व्यवसाय सुरु गर्दा पहिलेको अवस्था धेरै फरक थियो । अहिले ६२ वर्ष पुग्दा पनि भण्डारी तरकारी विक्री गर्ने व्यवसायनै गर्दछन् । हिजोआज बिजुवार बजार क्षेत्रमा व्यवसायी बढेका छन् । उनिसङ्ग तरकारी व्यवसाय र शिक्षण सम्बन्धी धेरै पुरानो अनुभव छ । उनको कहाँनी सुन्दा कुनै पनि व्यक्ति सफल हुनको लागि धेरै सम्पति चाहिन्छ जस्तो लाग्दैन । सफल हुनको लागि त केवल सानो लगानी बाटै भएपनि मेहनत गर्नुपर्ने रहेछ ।उनले सबैभन्दा पहिले रातामाटामा खाद्यान्न तथा फेन्सी पसल गरेका थिए । त्यो व्यवसायलाई छोडेर तरकारी तथा फलफूल व्यवसाय गर्न थालेका हुन् ।

पहिले उनले २०५५ सालमा बिजुवारको चोकमा आफ्नै बारिमा उत्पादन भएको लोकल गोलभेडा सुपोमा राखेर बेच्न सुरु गरेका उनी अहिले मास्टर तरकारी पसलले चिनीने गर्दछन् । बिहान साँझ तरकारी व्यवसाय गर्ने उनी दिउँसो पढाउने काम गर्थे । शारदा निम्न माध्यमिक विद्यालय सापडाडामा शिक्षण गर्दै आएका उनले पेन्सन समेत पकाएका छन् । उनी विद्यालयमा व्यस्त हुँदा तरकारी पसलमा श्रीमती र छोराछोरीले व्यवसाय चलाउने गर्थे । तरकारी सङ्गसङ्गै फलफूल, माटोका भाडाहरु (गमला, पाला, खुट्रुके) र सुपोहरु पनि बेच्न थाले । आफू विद्यालय हुँदा छोराछोरी र श्रीमतीले सम्हाल्दै आएको तरकारी पसलको नाम पनि उनी मास्टर तारकारी पसल राखेका छन् । आफू शिक्षक भएर होला पसलको नाम पनि त्यही किसिमको राखेको उनले झुलेनी पोष्टसङ्गको कुराकानीमा बताए ।

अहिले मासिक सरदर १५ देखि २० हजार यहि व्यवसायबाट आम्दानी भएको उनले बताए । दुखी पेसा भएपनी आफुहरु सन्तुष्टि रहेको समेत उनले बताए । निरन्तर ३० वर्षको शिक्षण पेसा गर्दै आएका उनी २०७० सालमा अवकाशप्राप्त भएका हुन् । आफुले गोलभेडा बेच्न सुरु गर्दा अरु कसैको पसल थिएन । बिस्तारै अरुले पनि तरकारी पसल गर्न थालेको भण्डारी बताउँछन् । ‘पहिले प्यूठानमै उत्पादन भएको तरकारी बेच्थ्यौ,’ उनले भने, ‘हिजोआज बुटवल, चितवन, दाङ (देउखुरी लमही), सल्यान कपुरकोट कृष्णनगरबाट समेत तरकारी तथा फलफूलहरु आउँन थाले ।’ यो व्यवसाय धारासायी बन्नुको कारण भनेकै बिचौलियाहरुले व्यवसायी र किसान दुवै पक्षलाई सताउनु भएको उनी बताउँछन् ।

फलफुल तथा तरकारी व्यवसायी संघ प्यूठानको संस्थापक अध्यक्ष भएर २ कार्यकाल बिताए । अहिले उनी यो संघको केन्द्रिय सदस्य समेत छन् । आफू एक्लैले सुरु गरेको संघमा अहिले जिल्ला भरका ४ सय व्यवसायीहरु आवद्ध भएको उनले बताए । थोरै पुजिमा पनि यो व्यवसाय गर्न सकिने भएकाले सामान्य किसानले पनि यो यवसाय गर्न सकिने उनको अनुभव छ । ‘यो व्यवसायमा एउटै रेट बनाउन सकिदैन त्यसैले नाफामूलक भन्दापनी सेवामूलक व्यवसायको रुपमा लिन किन्छ । बासी भए गलेर नष्ट भएर जान्छ । त्यसले घाटा पनि व्यहोर्नुपर्ने हुन्छ,’ उनले भने । तर यो पेसा सजिलो पेसा भएकोले धेरैले गर्न रुचाउँने उनले बताए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...