News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका फाँटमा २ जातका चैते धान रोप्न सुरु

गत वर्ष परिक्षण कालमै भएको उत्पादनले किसानमा खुशी

तेजेन्द्र बि. एम.२०७८ बैशाख ६
११३६ पटक
२०७८ बैशाख ६

प्राय दुई खेति मात्र हुने प्यूठानका केहि भागहरुमा यसपालि तीन खेति हुन थालेको छ । गत वर्षदेखि प्यूठानमा पनि चैते धान बिस्तार गरिएको छ । असारमा रोप्ने धानलाई वर्षे धान र चैतमा रोपिने धानलाई चैते धान भन्ने गरिन्छ । पहिले प्यूठानका कुनैपनि क्षेत्रमा चैते धान देख्न मुस्किल पथ्र्यो । गत वर्षदेखि भने उक्त धान रोप्न समेत थालिएको छ ।

यसपालि प्यूठानका किसानले केहि फाँटहरुमा गहुँ वालि कटानी पश्चात ‘चैते ५ र हर्दिनाथ १’ जातका धान रोप्न थालेका छन् । गत वर्ष प्यूठान नगरपालिका वडा नं. २ क्वाँडीमा यो धान परिक्षणका लागि रोपिएको थियो । त्यसबाट राम्रो उत्पादन भएपछि यसपालि धेरै किसानले यि दुई जातका धान रोप्न लागेका हुन् ।

यस वर्ष प्यूठान नगरपालिका वडा नं. २ क्वाँडी, वडा नं. ८ गेजबाङ्ग, वडा नं. ९ बाक्से, वडा नं. १० मरन्ठाना र ऐरावती गाउँपालिका वडा नं. २ बरौलामा यी दुई जातका धान रोप्न थालिएको छ । गत वर्ष किसानहरुले चैते धान परम्परागत ढंगले नै रोपेका थिए । यस वर्ष भने धान रोप्न मेसिनको समेत प्रयोग गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका अनुसार यस वर्ष करिब ७ सय भन्दा बढि रोपनि जग्गामा चैते धानको खेती गरिएको छ । परियोजना कार्यान्वयन इकाई प्यूठानका कृषि अधिकृत चुमान सिंह गिरिले धानको जात अनुसार रोप्ने समय केहि दिन ढिलो भएको बताए । उनका अनुसार यो धान रोपेपछि उत्पादन दिन १२५ देखि १३० दिनसम्म लाग्छ । ‘चैतको दोस्रो हप्तातिर धान रोपेर असार १५ सम्ममा धान भित्र्याउन पर्ने हुन्छ । किसानहरुको विश्वास जित्न चैते धानको उत्पादनमा बृद्धि गरि आम्दानी समेत बढाउने लक्ष्यले यो खेतिको बिस्तार गरिएको गिरिको भनाई छ ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले निकालेका नयाँ जातहरुको धान प्यूठानमा परिक्षणका लागि लिएको उनले बताए । यसलाई कलस्तर मिलाएर ईच्छुक किसानहरुलाई भौगोलिक रुपमा हावापानी मिल्ने ठाउँमा दिने गरेको उनले बताए । जेठको अन्त्यतिरै धान पाकेन भने त्यसलाई बिक्री गरेर राम्रो मूल्य लिन नसक्ने अवस्था देखिएकाले हामीले किसानलाई छिटो रोप्न सल्लाह दिएका हौं,’ गिरिले भने ।

नर्सरी व्यवस्थापन गर्न सके मेसिनबाट रोपिएको धानको उत्पादन धेरै लिन सकिने गिरिले बताए । ‘नर्सरीमा तपक्रम मिलाएर बीउ राम्रोसँग हुर्काउन सके मेसिनबाट रोपिएको धानले कम लागतमा उत्पादन बढी दिने देखिएको छ, मेसिनले रोप्दा लाइन मिल्ने र बिरुवामा हावा खेल्न पाउने भएकाले रोग, किराको संक्रमण पनि कम हुन्छ,’ उनले भने, धेरै किसान अहिले सिक्ने क्रममा छन्, जमिन चक्लाबन्दी गर्दै मेसिनले सहजरुपमा रोप्न मिल्ने गिरिले बताए । उनका अनुसार यस वर्ष प्यूठानमा अहिले परिक्षणका लागि धान रोप्ने चार पांग्रे मेसिन (फोर ह्वील राइस ट्रान्सप्लान्टर) समेत ल्याइएको छ ।

प्यूठान नगरपालिका २ क्वाँडीका प्रेम पौडेलले चैते ५ जातको धानको चामल स्वादिलो भएकाले सहजै राम्रो मूल्यमा बिक्री हुने र परालको पनि प्रयोग गर्न सकिने भएकाले किसानको रोजाइमा पर्न थालेको बताए । ‘गत वर्ष परिक्षण कालमै १ रोपनि जग्गामा ८ मुरि सम्म धान उत्पादन भएकोले यस वर्ष क्षेत्र विस्तार गरि धान रोप्न थालिएको हो,’ उनले भने ।

प्यूठान नगरपालिका ८ गेजबाङ्गकी बेगमा पण्डितका अनुसार यो धान परिक्षण कालमा भएपनि राम्रो उत्पादन हुने आफुले विश्वास लिएका बताईन् ।
परियोजनाले गत वर्ष र यस आर्थिक वर्षमा कृषकहरुलाई आधुनिक प्रविधिको प्रयोग, स्वच्छ र गुणस्तरीय बीउ, विषादी, प्रविधि हस्तान्तरण गर्नुका साथै बजारीकरणमा सहयोग गरेर किसानहरुको हौसला बढाएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...