News Portal

रेडियो सुन्नुहोस्

साहित्य परिषद प्युठानको अध्यक्षमा नवराज आचार्य

तेजेन्द्र बि. एम.२०७८ बेशाख १०
२१०९ पटक
२०७८ बेशाख १०

साहित्य परिषद प्युठानको नवौं अधिवेशन, स्रस्ता सम्मान र पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार प्युठान नगरपालिका ७ पुण्यखोला स्थित बहुउद्देश्यीय शैक्षिक भवनमा अधिवेशन गरिएको हो ।

अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा कमला खनाल (पौडेल), सचिवमा धुर्व गिरि, सहसचिवमा महेश थापा, कोषाध्यक्षमा राजकुमारी कुवर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नारायण पाण्डे, गोपालय बिष्ट, सुमन सुवेदी, बि. पि. सेढाई, भानुभक्त पोख्रेल, शिला खड्का, लक्ष्मी मगर संघर्ष, रामप्रसद पोख्रेल, खेमराज पोख्रेल र सनम परियार चयन भएका छन् ।

कार्यक्रममा बाल्दै प्युठान नगरपालिका प्रमुख अर्नुन कुमार कक्षपतिले आफु पनि सानैदेखि साहित्य क्षेत्रलाई माया गर्ने भएकोले यसलाई बृहत आकार दिन जरुरी भएको र आफ्नो सहयोग रहिरहने बताएका छन् । यस्तै उपप्रमुख शान्ता आचार्यले साहित्यकारहरु कम मात्रामा भएकोमा चिन्ता व्यक्त गर्दै सबै क्षेत्रमा बालबालिका बाटै कलात्मक सिर्जनाको विकास गर्नुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका प्रा. डा. गोपिन्द्र पौडेलद्वारा आरोग्य दर्पण भाग १ (आहार विहारादी प्रकरण) र विजयराज आचार्यका बालकृतिहरुको अध्ययन नामक दुई पुस्तक विमोचन गरिएको छ ।

अधिवेशनको अवसरमा ठगिदेवी साहित्य तथा पत्रकारिता पुरस्कार मार्फत पदम प्रसाद शर्मा सम्मानित भएका छन् । यस्तै संस्थाको गरिमा बढाउन अतुलनीय योगदान पुर्यापएको र उत्कृष्ट स्रस्ताका रुपमा गोपिन्द्र पौडेल भेषमान गिरिलाई पनि अधिवेशनमा सम्मान गरिएको छ ।

प्रज्ञा प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य गोपिन्द्र पौडेलको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतीको विशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नगरपालिका उपप्रमुख सान्ता आचार्य, समाजसेवी डा. लेखराज सुवेदी, साहित्यकार प्रमोद प्रधान, मधुसूदन पौडेल लगायतका अतिथि र जिल्लाका अन्य सात्यर्कर्मीहरुको उपस्थिति रहेकोे थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...