News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा ४० वटा स्वास्थ्य संस्थाले पाए बालरोग व्यवस्थापन सम्बन्धी तालिम

बोम बहादुर परियार २०७९ बैशाख १७
२०९९ पटक
२०७९ बैशाख १७

प्यूठान, समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ९ऋद्य–क्ष्ःल्ऋक्ष्० सम्बन्धी तालिम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ । वैशाख ६ गतेदेखी सुरु भएकोे तालिममा ४० जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा तालिम शनिवार सम्पन्न गरिएको हो ।

स्वास्थ्यकर्मीहरुलाई दुई समुहमा विभाजन गरी तालिम दिईएको थियो । चालु आर्थिक वर्षमा जिल्लाका ७१ वटा स्वास्थ्य संस्था मध्ये ४० वटा स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई तालिम दिईएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताए ।

कार्यक्रमको उद्देश्य ५ वर्ष भन्दा मुनिका बालबालिकाको मृत्युदरमा कमी ल्याउनु रहेको उनले बताए । बच्चाको जन्म भैसकेपछि बाँच्न पाउनुपर्छ र सुत्केरी आमा पनि, समयमै पहल गर्न सकियो भने मातृ मृत्युलाई शुन्य गाराउन सकिने खड्काले बताए ।

तालिमको सहजिकरण गर्दै प्यूठान अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर शौरभ श्रेष्ठले सहभागीहरुले तालिम पश्चात राम्रो सिकाई उपलब्धी भएको बताएका छन् । सहभागिहरुलाई अस्पतालमैल लगेर प्रयोगात्मक विधिबाटख समेत तालिम दिईएको थियो ।

त्यस्तै स्वास्थ्यकर्मीहरुले मुल्याङ्कन, बर्गीकरण र उपचार गरी ३ कुरा कहिले भुल्न नहुने बाल रोग विशेषज्ञ डाक्टर श्रेष्ठले बताए । जिल्लामा बाल मृत्युदर घटाउनका लागि स्वास्थ्य संस्था, अस्पताल र स्वास्थ्यकर्मीहरुको नङ् र मासुको जस्तो सम्बन्ध हुन आवश्यक रहेको उनले बताए ।

विशेषज्ञ डाक्टरहरुबाट तालिम लिन पाउँदा तालिम निकै प्रभावकारी र सिपमुलक रहेको सहभागीहरुले बताएका छन् । संघिय सरकारबाट विनियोजित बजेटद्धारा तालिम सञ्चालन गरिएको थियो । तालिम अवधिभर ५ जना प्रशिक्षकद्धारा तालिम दिईएको थियो । प्रशिक्षकको रुपमा प्यूठान अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर शौरभ श्रेष्ठ, एम.डी.जि.पी डाक्टर सन्तोष के. सी., डाक्टर दिपेन्द्र जंग शाही, डाक्टर पुष्पा श्रेष्ठ र नर्सिङ अधिकृत प्रतिमा भट्टराई रहेका थिए ।

नवजात शिशुलाई कसरी बचाउँने ? कसरी अस्पताल सम्म पठाउने ? लगाएतका बारेमा तालिमका सहभागीहरुलाई सचेत गराइएको छ । जिल्लामा अबका दिनमा नवजात शिशुको अवस्थामा परिवर्तन ल्याउने समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ९ऋद्य–क्ष्ःल्ऋक्ष्० का फोकल पर्सन पुस्कल श्रेष्ठले बताए । साथै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न समेत यो तालिमले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...