News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा ४० वटा स्वास्थ्य संस्थाले पाए बालरोग व्यवस्थापन सम्बन्धी तालिम

बोम बहादुर परियार २०७९ बैशाख १७
२३२० पटक
२०७९ बैशाख १७

प्यूठान, समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ९ऋद्य–क्ष्ःल्ऋक्ष्० सम्बन्धी तालिम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ । वैशाख ६ गतेदेखी सुरु भएकोे तालिममा ४० जना स्वास्थ्यकर्मीहरु सहभागी थिए । स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा तालिम शनिवार सम्पन्न गरिएको हो ।

स्वास्थ्यकर्मीहरुलाई दुई समुहमा विभाजन गरी तालिम दिईएको थियो । चालु आर्थिक वर्षमा जिल्लाका ७१ वटा स्वास्थ्य संस्था मध्ये ४० वटा स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई तालिम दिईएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताए ।

कार्यक्रमको उद्देश्य ५ वर्ष भन्दा मुनिका बालबालिकाको मृत्युदरमा कमी ल्याउनु रहेको उनले बताए । बच्चाको जन्म भैसकेपछि बाँच्न पाउनुपर्छ र सुत्केरी आमा पनि, समयमै पहल गर्न सकियो भने मातृ मृत्युलाई शुन्य गाराउन सकिने खड्काले बताए ।

तालिमको सहजिकरण गर्दै प्यूठान अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर शौरभ श्रेष्ठले सहभागीहरुले तालिम पश्चात राम्रो सिकाई उपलब्धी भएको बताएका छन् । सहभागिहरुलाई अस्पतालमैल लगेर प्रयोगात्मक विधिबाटख समेत तालिम दिईएको थियो ।

त्यस्तै स्वास्थ्यकर्मीहरुले मुल्याङ्कन, बर्गीकरण र उपचार गरी ३ कुरा कहिले भुल्न नहुने बाल रोग विशेषज्ञ डाक्टर श्रेष्ठले बताए । जिल्लामा बाल मृत्युदर घटाउनका लागि स्वास्थ्य संस्था, अस्पताल र स्वास्थ्यकर्मीहरुको नङ् र मासुको जस्तो सम्बन्ध हुन आवश्यक रहेको उनले बताए ।

विशेषज्ञ डाक्टरहरुबाट तालिम लिन पाउँदा तालिम निकै प्रभावकारी र सिपमुलक रहेको सहभागीहरुले बताएका छन् । संघिय सरकारबाट विनियोजित बजेटद्धारा तालिम सञ्चालन गरिएको थियो । तालिम अवधिभर ५ जना प्रशिक्षकद्धारा तालिम दिईएको थियो । प्रशिक्षकको रुपमा प्यूठान अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर शौरभ श्रेष्ठ, एम.डी.जि.पी डाक्टर सन्तोष के. सी., डाक्टर दिपेन्द्र जंग शाही, डाक्टर पुष्पा श्रेष्ठ र नर्सिङ अधिकृत प्रतिमा भट्टराई रहेका थिए ।

नवजात शिशुलाई कसरी बचाउँने ? कसरी अस्पताल सम्म पठाउने ? लगाएतका बारेमा तालिमका सहभागीहरुलाई सचेत गराइएको छ । जिल्लामा अबका दिनमा नवजात शिशुको अवस्थामा परिवर्तन ल्याउने समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ९ऋद्य–क्ष्ःल्ऋक्ष्० का फोकल पर्सन पुस्कल श्रेष्ठले बताए । साथै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न समेत यो तालिमले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...