News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा गठबन्धन,सरुमारानीमा एमाले अगाडि

झुलेनी पोष्ट संवाददाता२०७९ बैशाख ३१ प्यूठान
१४३८ पटक
२०७९ बैशाख ३१ प्यूठान

प्यूठान नगरपालिकामा गठवन्धनले शुरुवाती अग्रता लिएको छ । वडा नम्वर १ को जारी मतगणना अनुसार गठवन्धनबाट मेयर पदका उमेदवार नेकपा माओवादी केन्द्रका विष्णुबहादुर योगीले ५ सय २६ र एमालेका विजयविराज विष्टले ३ सय ४८ मत पाएका छन् । उपमेयरमा गठवन्धनकै नेपाली कांग्रेसका देबेन्द्र बर्माले ५ सय ६१ र एमालेकी पवित्रा जिसीले ३ सय ४० मत लिएकी छिन् । वडाध्यक्षमा समेत गठबन्धनकै उम्मेदवार अगाडि छन् ।
यस्तै सरुमारानी गाउँपालिकामा एमालेले सूवाती अग्रता ल्याएको छ । एमालेका उम्मेदवार झगबहादुर विश्वकर्माले ६ सय ४५ मत ल्याएर अग्रता कायम गरेका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले २ सय ४३ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै अग्रता रहेको छ । सरुमारानीमा ६ नम्बर वडाबाट मतगणना गर्न सुरु गरिएको छ । यहाँ वडाध्यक्ष तिलबहादुर बुढा सहित वडामा एमालेको प्यानल अगाडि छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...