News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नपामा जितेका वडा गुमाउँदै एमाले नैबहिनीमा भने थप्दै

झुलेनी पोष्ट संवाददाता
१०८० पटक

स्थानीय तहरुको निर्वाचनको परिणाम आइरहँदा गठबन्धनका कारण प्यूठान नगरपालिकामा २०७४ सालमा नेकपा एमालेले जितेको ३ वटा वडाहरु गुमाएको छ । नगरपालिकाको २, ३ र ५ नम्बर वडा नेकपा एमालेले यसपालि गुमाएको हो । एमालेले गुमाएका वडाहरु २ नम्बर वडामा नेपाली कांग्रेस,३ नम्बरमा नेकपा माओबादी केन्द्र र ५ नम्बरमा राजमोले जित हात पारेको छ । प्यूठान नगरपालिकामा यी दलहरुबिच चुनाबी गठबन्धन थियो । एमालेले जितेको प्यूठान नगरपालका ४ मा मतगणना जारी छ । ९ मा पनि एमालेले जितको थियो त्यहाँको मतगणना अझै सुरु भएको छैन । नौबहिनीमा थप्दै प्यूठानको नौबहिनीमा नेकपा एमाले २०७४ सालाको स्थानीय तहको निर्वाचनमा पराजती भएको नौबहिनी ७ मा गठबन्नकै बिच पनि यसपालि जित हात पारेको छ । जिल्लाका ६४ वडाहरु मध्य २१ वडाको मत परीणाम सार्वजनीक भइसकेको छ । नेपाली कांग्रेस ६, नेकपा एमाले ५, नेकपा माओवादी केन्द ५,राष्ट्रिय जनमोर्चाले ४, र माण्डबी १ मा स्वतन्त्र उम्मेदवारले जित हात पारेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...