News Portal

रेडियो सुन्नुहोस्

सरकारी तलब–भत्ता नलिने झिमरुकका अध्यक्षकाे घोषणा

झुलेनी नेटवर्क२०७९ जेठ ०६ प्यूठान
१२८१ पटक
२०७९ जेठ ०६ प्यूठान

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षे कार्यकालभर सरकारी तलब–भत्ता नलिने घोषणा गरेका छन् ।

शुक्रबार गाउँपालिका कार्यालयमा शपथ ग्रहणपछि उनले आफ्नो कार्यकालभर तलब–भत्ता नलिने घोषणा गरेका हुन् । ‘म र परिवारको दैनिकी धान्नका लागि अहिले पनि समस्या छैन, मेरो तलब–भत्ताबापतको रकम राज्यकोषमा जाओस्, या कतै राम्रो कार्यमा लगानी होस् भनेर यस्ताे घोषणा गरेको हुँ’, अध्यक्ष महताराले बताए ।

आफ्नो पार्टीले जितेका पालिकामा अरूले भन्दा राम्रा र जनमुखी काम गर्नुपर्छ भन्ने माओवादीको नीति रहेको पनि महताराले बताए ।

राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जीसीलाई हराएर माओवादी केन्द्रका महतारा अध्यक्षमा निर्वाचित भएका हुन । तत्कालीन बाँदिकोट गाउँ विकास समितिका अध्यक्षसमेत रहेका महतारा पूर्व शिक्षक पनि हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...