News Portal

रेडियो सुन्नुहोस्

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

झुलेनी नेटवर्कजेठ 7
११६४ पटक
जेठ 7
धनकुटा – धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

बिदाको दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान भएपछि प्रहरीले जाँच कडा बनाएकाे थियाे ।  जाँचका क्रममा बिदाकाे दिन सरकारी गाडी चलेकाे भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले बताउनुभयाे ।

‘बिदाको दिन सरकारी गाडी कुदाउन पाइँदैन । कार्यालय प्रयोजनमा कुदाउनै परे जिल्ला प्रशासन कार्यालयको पास लिएर मात्र कुदाउनुपर्छ’, डीएसपी दाहालले भन्नुभयाे ।

जाँचका क्रममा हिलेबाट १७ वटा, भेडेटारबाट १६ तथा सिधुवा र धनकुटाबाट एक/एक वटा सरकारी गाडी नियन्त्रणमा लिइएको डीएसपी दाहालले जानकारी दिनुभयाे । नियन्त्रणमा लिइएकामध्ये चार पाङ्गे गाडी दुई वटा छन् भने अन्य सबै मोटरसाइकल रहेकाे प्रहरीले जनाएकाे छ ।  उज्यालाे अनलाइनमा खवर छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...