News Portal

रेडियो सुन्नुहोस्

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

झुलेनी नेटवर्कजेठ 7
१२७१ पटक
जेठ 7
धनकुटा – धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

बिदाको दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान भएपछि प्रहरीले जाँच कडा बनाएकाे थियाे ।  जाँचका क्रममा बिदाकाे दिन सरकारी गाडी चलेकाे भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले बताउनुभयाे ।

‘बिदाको दिन सरकारी गाडी कुदाउन पाइँदैन । कार्यालय प्रयोजनमा कुदाउनै परे जिल्ला प्रशासन कार्यालयको पास लिएर मात्र कुदाउनुपर्छ’, डीएसपी दाहालले भन्नुभयाे ।

जाँचका क्रममा हिलेबाट १७ वटा, भेडेटारबाट १६ तथा सिधुवा र धनकुटाबाट एक/एक वटा सरकारी गाडी नियन्त्रणमा लिइएको डीएसपी दाहालले जानकारी दिनुभयाे । नियन्त्रणमा लिइएकामध्ये चार पाङ्गे गाडी दुई वटा छन् भने अन्य सबै मोटरसाइकल रहेकाे प्रहरीले जनाएकाे छ ।  उज्यालाे अनलाइनमा खवर छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...