News Portal

रेडियो सुन्नुहोस्

सम्पादकीय : लिंगीय सन्तुलनको विषय ख्याल गरौं

झुलेनी नेटवर्क२०७९ जेठ ११ प्यूठान
१५७० पटक
२०७९ जेठ ११ प्यूठान

गणतान्त्रिक संविधान जारी भए पश्चात् स्थानीय निकायको दोस्रो कार्यकालको निर्वाचन सफलता पूर्वक सम्पन्न भएको छ । निर्वाचनको परिणामहरू आइरहेको छ । यो निर्वाचनको मत परिणामहरु हेर्दा पहिलेको भन्दा फरक छैन ।

२०७४ सालको स्थानीय निकायको निर्वाचन खास कारणले चर्चामा थियो प्रचण्डले आफ्नी छोरीको सहज जित सुनिश्चित गर्न भरतपुर महानगरमा गठबन्धनका लागि कांग्रेस सभापति देउवालाई सहमत गराएको विषय । त्यसले चौतर्फी चर्चा थियो । मत पत्र च्याथ्ने सम्मको घटना समेत घटेको थियो । त्यसले आलोचना र निन्दा निम्त्याएको थियो । त्यसैको प्रतिफल, देशभरका मतगणना केन्द्रहरूमा अहिले तारजालीको व्यवस्था गरेर मतगणना गरियो । यसपालि भने त्यस बेलाको झै मतपत्र च्याथ्ने घटना अझै कतै भएका छैनन् । घटेका छैनन् । यो निर्वाचनमा देशभरका पालिकाहरूबाट सबै राजनीतिक दलले आ–आफ्नो धरातल नाप्ने अवसर पाए । यसबाट संसदको परिणाम त्रिशंकु हुने प्रक्षेपण भयो । नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी तेस्रो शक्तिका रूपमा अंकित हुने प्रारम्भीक मतपरिणामहरुले देखाइसकेको छ । यो निर्वाचनमा भएको गठबन्धनले कांग्रेसलाई दोस्रोबाट पहिलो शक्ति बनाएको छ ।

दोस्रो पटक गाँसिएको लगनगाँठो नफुस्कियोस् भन्नेमा देउवा सचेत छन् । किनभने यो गठबन्धन संसदीय निर्वाचनमा समेत भयो भने कांग्रेस पहिलो पार्टी बन्ने पक्का जस्तो भएको छ । स्थानीय सरकारका लागि भएको चुनावमा दुई ठूला दलहरूले नै गठबन्धन गरेपछि नागरिक समुदायबाटै यस्तो प्रवृत्तिको विरोध भइरहेको छ । स्वतन्त्र छनोटको अधिकारलाई कुण्ठित गरिएको छ । गठबन्धनकै कारण शीर्ष दुई पदमा संविधानले परिकल्पना गरेको लिंगीय सन्तुलनमा समेत असर परेको छ । गठबन्धनका कारण देशभरबाट प्रमुख र उपप्रमुखमा महिला निकै कम निर्वाचित भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...