News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

झुलेनी नेटवर्क२०७९ जेठ १६ प्यूठान
१६९२ पटक
२०७९ जेठ १६ प्यूठान

प्यूठान नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले निकालेको कार्यपालिका सदस्य चयनसम्बन्धी तालिकाअनुसार जेठ १२ मनोनयन दर्ता गर्ने समय थियो । नेकपा एमालेबाहेक नेपाली काँग्रेस, रा.ज.मो र माओवादी केन्द्र दलहरूले कार्यपालिका सदस्यका लागि मनोनयन दर्ता गरेका थिए । नगरपालिकामा गठबन्धनका ५ महिला र ३ अल्पसंख्यक सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

नगरपालिकाका निर्वाचन अधिकृत कृष्ण बहादुर वलीका अनुसार १२ गते कार्यपालिका सदस्यहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका रहेकोमा गठबन्धनका ८ जना सदस्यको मनोनयन दर्ता भएको थियो । अन्य दलहरू भने मनोनयन दर्ता गराउन नआएको निर्वाचन अधिकृतको भनाई छ ।

उक्त नगरपालिकामा नगरप्रमुख विष्णु योगी र उपप्रमुख देवेन्द्र वर्मा सहित ७ वटा वडाहरू गठवन्धनले जितेको छ । बाँकी २ वडामा नेकपा एमाले र १ वडामा स्वतन्त्र तर्फका उम्मेदवारले जितेको छ ।

महिला सदस्यतर्फ गायत्री रावत नेपाली कांग्रेस, लाली घर्तीमगर रा.ज.मो, दुर्गा केसी माओवादी केन्द्र, शान्ता खड्का मगर, गिता भण्डारी र दलित अल्पसंख्यकतर्फ काली बहादुर सार्की नेपाली कांग्रेस, सुनिल सापकोटा माओवादी केन्द्र र मिन बहादुर सार्की राजमोबाट निर्वाचित भएका छन् । कार्यपालिका सदस्यमा निर्वाचित सदस्यहरुले सोमबार नै प्रमाणपत्र प्राप्त तथा पदभार ग्रहण गरिसकेका छन ।

नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र प्रत्येक वडाबाट एक÷एक जना वडाध्यक्ष रहन्छन् । नगर सभाले सभाका सदस्यहरूमध्येबाट निर्वाचित पाँच जना महिला र अन्य तीन जना दलित वा अल्पसंख्यक पनि कार्यपालिकाको सदस्य रहने व्यवस्था गरेको छ । त्यस्तै गाउँ कार्यपालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाबाट एक/एक जना वडाध्यक्ष रहने व्यवस्था छ । यसबाहेक गाउँ सभाका सदस्यमध्येबाट चार महिला र अन्य दुई दलित वा अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यमा निर्वाचित हुने व्यवस्था गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...