News Portal

रेडियो सुन्नुहोस्

चाउमिन उद्याेगवाट मासिक अाधा लाख कमार्इ

गाेविन्द विश्‍वकर्मा, प्यूठानसाउन, ३०
२८६५ पटक
साउन, ३०

अाखिर गरे के हुदैनर ? हाम्राे देश नेपाल प्रचुर संभावनाले भरिपूर्ण देश हाे । तर हाम्राे देशका ५० लाख यूवा जनशक्ति प्रदेशिन विवश रहेका छन । देशमा भएका हिरा माेति नचिनेर उनीहरु विदेशिन्छन अनि खाडीमा पाउनु दुख पनि पाउछन । तर अवसर र संभावनालार्इ चिनेर अाफ्नाे मातृभूमिमा नै लगानी गरेर अवसर चिनेर अाफ्नाे जिविकाेपर्जन गर्ने पनि छन । यसकाे ज्वलन्त उदारण हून चाउमिन र सस उद्याेग संचालन गरेर मासिक अाधा लाख बरावर कमाउने प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ६ तिमिले डरनेटाका मान बहादुर घर्ती उनीले स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा उद्याेग स्थापना गरेर चलाइरहेका छन ।

घर्तीले विगत २ वर्ष देखि न्यू सुर्यचन्द्र सस एण्ड चाउमिन उद्याेग संचालन गरिरहनु भएकाे छ । करिव ४ लाख अाफ्नाे एक्लाे व्यक्तिगत लगानीमा स्थापना गरेकाे चाउमिन उद्याेग अहिले घर्तीकाे राम्राे अाम्दानीकाे श्राेत बनेकाे छ । यस क्षेत्रमा अाफ्नाे रुचि अनि सामान्य ज्ञान भएकाले विभिन्न ठाउँमा पुगेर तालिम प्राप्त गरेर अाफूले उद्याेग स्थापना गरेकाे उहाँ बताउनुहुन्छ ।

उहाँकाे उद्याेगमा अहिले १ लाख पचास हजार वरावरकाे चाउमिन बनाउने मेसिन र सस बनाउने मेसिन रहेकाे छ । भने उहाँले चाउमिन तथा ससकाे लागि एक जना दक्ष कामदार समेत राखेकाे र बाँकी काम अाफू र आफ्नो बुवाले गर्न घर्ती बताउनुहुन्छ ।

 

उहाँले उत्पादन गरेका सस चाउमिनहरु स्वर्गद्वारी,खाल, होलेरी घोडागाउ, घर्तीगाउँ, लगायतका क्षेत्रमा पठाउने गरेकाे उहाँले बताउनुभयाे ।
यस स्वर्गद्वारी नगरपालिका क्षेत्र भिङग्रीमा २ वटा संख्यामा चाउमिन उद्याेग संचालनमा रहेका छन । सुरुमा अाफूले उद्याेग स्थापना गर्ने समयमा मेसिन खरिद गर्दा ऋणको रूपमा अार्थिक सहयोग मिरमिरे बैंकले गरेको बताउनुभयाे । २४ वर्षको कलिलाे उमेरमै घर्तीले राम्रो व्यवसायिक प्रगति गरेर सबै सामु देखाइ दिनुभएकाे छ ।

साथै उहाँले विदेशमा भन्दा स्वदेशमा थुप्रै अवसर रहेकाले यस्ता संभावनाहरुकाे खाेज गरेर दिनुहुँ विदेशीनै यूवाहरु देशमै राेकिए यूवाहरु व्यवसायिक वनेर देशकाे विकासमा सहयाेग पुग्ने विचार उहाँले राख्नु हुन्छ । साथै उहाँले चाउमिन उद्याेग संचालनकाे लागि मेहनत अलि बढी लागेपनी यसमा लागेर अाफू सन्तुष्ट रहेकाे सिखवरलार्इ बताउनुभयाे । त्यसैले देशकाे यूवा शक्ति विदेश पलायन हुनुभन्दा देशमा नै वसेर हिरा माेति चिनाै अनि संभावनाका लहरहरुलार्इ तानेर अाफ्नाे भविष्य सम्म पुग्ने गतिलाेअाधार तयार पाराैं ।

भिडियाे कसरी बन्छ चाउमिन :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...