News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा किशोरीहरुका लागि महिनावारी तथा स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

झुलेनी नेटवर्क२०७९ असार १५, प्यूठान
११९९ पटक
२०७९ असार १५, प्यूठान

सरुमारानी गाउँपालिका वडा नं.५ ढुङ्गेगढीले किशोरीहरुका लागि महिनावारी तथा स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । ढुङ्गेगढी स्वास्थ्यचौकीको प्राविधीक सहयोग र सरुमारानी गाउँपालिका वडा नं.५ को आयोजनामा तालिम संचालन गरिएको हो ।

किशोरीहरुलाई महिनावारी स्वास्थ्य र सरसफाईबारे सचेत बनाउने उद्देश्यसहित तालिमको आयोजना गरेको वडा कार्यालयले जनाएको छ । ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत अहेब बिनोद कुमार खड्का र अनमी जुना क्षेत्रीले तालिममा प्रशिक्षण गराएका हुन ।

तालिममा भिमसेन मावी जस्पुरमा कक्षा ७,८,९ र १०मा अध्यनरत ५४ जना किशोरीकोे सहभागिता रहेको थियो । वडा कार्यलयका प्राविधीक प्रमुख जितेन्द्र सुनार, मात्रिका सुनार र बिक्रम प्रसाद श्रेष्ठको आथित्यतामा कार्याक्रमको आज समापन भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...