News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी दुर्घटनाका घाईते थप २ जनाको उपचारको क्रममा मृत्यु

झुलेनी पोष्ट२०७९साउन १५,प्यूठान
७४६ पटक
२०७९साउन १५,प्यूठान

प्यूठानमा शनिबार भएको जिप दुर्घटनाका घाइते थप २ जनाको ज्यान गएको छ । घाइते दुई जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –४ कि ५४ वर्षीय कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय पटवारी कुहारको एडवनसिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
यस्तै, हिजो ३२ वर्षीय गुडिया ठाकुरको दुर्घटना स्थलमै मृत्यु थियो ।
दुर्घटनामा घाइते हुनेहरूमा रुपन्देही मायादेवी गाउँपालिका ७ का ४२ वर्षीय विनोद कुहार, सिद्धार्थ – ४ का ४० वर्षीय उर्मिला कुहार,१५ वर्षीय चन्दन कुहार, मायादेवी – ३ का ४० वर्षीय आशा थारु, ३ का ६३ वर्षीय रुदल चौधरी,५० वर्षीय मागरी थारु,६१ वर्षीय प्रल्हाद थारु, सिद्धार्थ – ६ का ७० वर्षीय धुव्रा नारायण काबी, सिद्धार्थ – ६ का ६० वर्षीय उर्मिला बर्मा, मायादेवी – ३ का ५५ वर्षीय किसदी थारु, सिद्धार्थ –६ का ६० वर्षीय पुष्पा मालि, ५२ वर्षीय सरोज माली, मायादेवी – ७ का अन्दाजी ७३ वर्षीय कल्वारी कुहार, ७५ वर्षीय प्राग कुहार, ६ वर्षीय बालिका संगीता कुहार रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय प्यूठानको भनाई छ । घाइतेहरुको अहिले बुटवल र भैरहवा अस्पतालमा उपचार भइरहेको छ ।
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु३च ३५३ नम्वरको जीप ब्रेक फेल भई हिजो स्वर्गद्वारी नगरपालिका–४ कोलबाङ्गमा दुर्घटनामा परेको थियो । गाडीमा सवार १७ जना रहेका थिए ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...