News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी दुर्घटनाका घाईते थप २ जनाको उपचारको क्रममा मृत्यु

झुलेनी पोष्ट२०७९साउन १५,प्यूठान
७४२ पटक
२०७९साउन १५,प्यूठान

प्यूठानमा शनिबार भएको जिप दुर्घटनाका घाइते थप २ जनाको ज्यान गएको छ । घाइते दुई जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –४ कि ५४ वर्षीय कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय पटवारी कुहारको एडवनसिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
यस्तै, हिजो ३२ वर्षीय गुडिया ठाकुरको दुर्घटना स्थलमै मृत्यु थियो ।
दुर्घटनामा घाइते हुनेहरूमा रुपन्देही मायादेवी गाउँपालिका ७ का ४२ वर्षीय विनोद कुहार, सिद्धार्थ – ४ का ४० वर्षीय उर्मिला कुहार,१५ वर्षीय चन्दन कुहार, मायादेवी – ३ का ४० वर्षीय आशा थारु, ३ का ६३ वर्षीय रुदल चौधरी,५० वर्षीय मागरी थारु,६१ वर्षीय प्रल्हाद थारु, सिद्धार्थ – ६ का ७० वर्षीय धुव्रा नारायण काबी, सिद्धार्थ – ६ का ६० वर्षीय उर्मिला बर्मा, मायादेवी – ३ का ५५ वर्षीय किसदी थारु, सिद्धार्थ –६ का ६० वर्षीय पुष्पा मालि, ५२ वर्षीय सरोज माली, मायादेवी – ७ का अन्दाजी ७३ वर्षीय कल्वारी कुहार, ७५ वर्षीय प्राग कुहार, ६ वर्षीय बालिका संगीता कुहार रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय प्यूठानको भनाई छ । घाइतेहरुको अहिले बुटवल र भैरहवा अस्पतालमा उपचार भइरहेको छ ।
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु३च ३५३ नम्वरको जीप ब्रेक फेल भई हिजो स्वर्गद्वारी नगरपालिका–४ कोलबाङ्गमा दुर्घटनामा परेको थियो । गाडीमा सवार १७ जना रहेका थिए ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...