News Portal

रेडियो सुन्नुहोस्

लघु कथा : प्रेम अचम्मको हुँदो रहेछ

श्याम कुमार क्षेत्री (मुस्कान)२०७९ श्रावण १८, प्यूठान
२४५७ पटक
२०७९ श्रावण १८, प्यूठान

सँदा झैँ आज पनि म पुरानो म्यासेजलाई हेर्दैथेँ । अचानक पुरानो म्यासेजमा आँखा पुग्यो । त्यहाँ अपरिचित व्यक्तिबाट कसरी म्यासेज आयो ? थाहा थिएन । राम्रोसँग चिनेको पनि थिएन । केही समय म सोचमा परिरहेँ, हिम्मत गरेर त्यो म्यासेजको जवाफलाई फर्काएँ आफ्नै नेपाली भाषामा ।

त्यो म्यासेज जुन व्यक्तिबाट आएको थियो उनले बिर्सिसकेको रहेछिन कि कुनै दिन मलाई उनले म्यासेज पठाएकी थिइन । उनले नेपाली नबुझेपछी सायद मलाई लाग्यो उनी नेपाली होइनिन कि भन्ने, अनि फेरि छोटो मिठो अङ्ग्रेजीमा जवाफ दिएँ ।

त्यसपछि उनले पनि मेरो म्यासेज पढेर अङ्ग्रेजीमै जवाफ दिईन र विस्तारै विस्तारै उनीसँग मेरो दिनहुँ जसो कुरा हुन थाल्यो । उसैमा हिजोआज सामाजिक संजालमा धेरै साथीहरू हुनाले म पनि उनी सँग अपरिचित भएपनि खुलेर बोल्न थालेँ । घरीघरी उनको कुरालाई उडाउथे कहिल्यै जिस्काउथे तर उनले कुनै गुनासो गरिनन् । थाहै नपाई बोल्दै जाँदा उनी र म कतिखेर नजिकियौँ पत्तै भएन । उनको फोटो हेरेँ, निक्कै सुन्दर थियो भित्रभित्रै मन परेको आभाष भयो । अब त उनीसँग दिनहुँ कुरा गर्ने बानी नै बसि सक्यो हामी घन्टौसम्म कुरा गर्न थाल्यौँ । उनले मलाई लुरे भनेर जिस्काउथिन भने मैले पनि उनलाई लुरि भनेर जिस्काइ दिन्थे । धेरै नजिकिदै जादा हामी राम्रो साथी भयौ । हामी बिच सबै कुराहरू सेर हुन थाल्यो । त्यसपछि हामी घन्टौ उसै म्यासेजबाट भिडियो कल गर्न थाल्यौ । उनले मलाई देखिन । मैले उनलाइ देखे । के भन्नू यो सामाजिक दुनियाँलाई साँचो या झुटो ! वास्तवमा हामीले एक अर्कालाई देखेर पनि देखेका छैनौ चिनेर पनि चिनेका छैनौ यो कस्तो सम्बन्ध हो ?

कुरा गर्दै जाँदा उनले एक दिन मलाई अचानक प्रश्न गरिन् । लुरे के तिमीले मलाई माया गर्छौं ? अहो कस्तो गाह्रो प्रश्न गरिकी होलिन ? मन मनै सोचेँ । उनी एक धनी उद्योगपतिको छोरी, उनको आफ्नै सम्पन्नता छ । समाजमा आफ्नै स्टाटस छ । म हिन्दु परेँ, उनी रैछिन मुस्लिमकि छोरी उसैमा म नेपाली परे उनी इन्डियन थिइन । के जवाफ देऊ म ? उनलाई माया गर्छु भनेर मेरो प्रेम कहानी सफल होला र? जवाफ दिए अह गर्दैन, हामी असल साथी मात्र हौँ । तर पनि मुटुको कुनै कुनामा उनको निम्ति प्रेम नभएको होइन होला ? कता कता म उनलाई प्रेम गर्छु, अनि उनी पनि मलाई ।

प्रेममा कुनै सिमाना हुदैन भन्थे हो रहेछ । आफै अचम्म छु यो कस्तो प्रेम सम्बन्ध ? उनलाइँ चिनेकै छैन जससँगको भेट सम्भावना नै छैन उनैको निम्ति मनमा यस्तो माया किन ? उनका हरेक कुरामा यति धेरै विश्वास किन गरुँ ? आफैलाई थाहा छैन उनीसँगको दैनिक कुराकानी आदत नै बसि सक्यो । न यो सम्बन्धमा पछाडी हट्न सक्छु, न त अगाडी नै भविस्य भेट्छु । साच्चिकै प्रेम अचम्मको हुने रहेछ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...