News Portal

रेडियो सुन्नुहोस्

लघु कथा : प्रेम अचम्मको हुँदो रहेछ

श्याम कुमार क्षेत्री (मुस्कान)२०७९ श्रावण १८, प्यूठान
१९९२ पटक
२०७९ श्रावण १८, प्यूठान

सँदा झैँ आज पनि म पुरानो म्यासेजलाई हेर्दैथेँ । अचानक पुरानो म्यासेजमा आँखा पुग्यो । त्यहाँ अपरिचित व्यक्तिबाट कसरी म्यासेज आयो ? थाहा थिएन । राम्रोसँग चिनेको पनि थिएन । केही समय म सोचमा परिरहेँ, हिम्मत गरेर त्यो म्यासेजको जवाफलाई फर्काएँ आफ्नै नेपाली भाषामा ।

त्यो म्यासेज जुन व्यक्तिबाट आएको थियो उनले बिर्सिसकेको रहेछिन कि कुनै दिन मलाई उनले म्यासेज पठाएकी थिइन । उनले नेपाली नबुझेपछी सायद मलाई लाग्यो उनी नेपाली होइनिन कि भन्ने, अनि फेरि छोटो मिठो अङ्ग्रेजीमा जवाफ दिएँ ।

त्यसपछि उनले पनि मेरो म्यासेज पढेर अङ्ग्रेजीमै जवाफ दिईन र विस्तारै विस्तारै उनीसँग मेरो दिनहुँ जसो कुरा हुन थाल्यो । उसैमा हिजोआज सामाजिक संजालमा धेरै साथीहरू हुनाले म पनि उनी सँग अपरिचित भएपनि खुलेर बोल्न थालेँ । घरीघरी उनको कुरालाई उडाउथे कहिल्यै जिस्काउथे तर उनले कुनै गुनासो गरिनन् । थाहै नपाई बोल्दै जाँदा उनी र म कतिखेर नजिकियौँ पत्तै भएन । उनको फोटो हेरेँ, निक्कै सुन्दर थियो भित्रभित्रै मन परेको आभाष भयो । अब त उनीसँग दिनहुँ कुरा गर्ने बानी नै बसि सक्यो हामी घन्टौसम्म कुरा गर्न थाल्यौँ । उनले मलाई लुरे भनेर जिस्काउथिन भने मैले पनि उनलाई लुरि भनेर जिस्काइ दिन्थे । धेरै नजिकिदै जादा हामी राम्रो साथी भयौ । हामी बिच सबै कुराहरू सेर हुन थाल्यो । त्यसपछि हामी घन्टौ उसै म्यासेजबाट भिडियो कल गर्न थाल्यौ । उनले मलाई देखिन । मैले उनलाइ देखे । के भन्नू यो सामाजिक दुनियाँलाई साँचो या झुटो ! वास्तवमा हामीले एक अर्कालाई देखेर पनि देखेका छैनौ चिनेर पनि चिनेका छैनौ यो कस्तो सम्बन्ध हो ?

कुरा गर्दै जाँदा उनले एक दिन मलाई अचानक प्रश्न गरिन् । लुरे के तिमीले मलाई माया गर्छौं ? अहो कस्तो गाह्रो प्रश्न गरिकी होलिन ? मन मनै सोचेँ । उनी एक धनी उद्योगपतिको छोरी, उनको आफ्नै सम्पन्नता छ । समाजमा आफ्नै स्टाटस छ । म हिन्दु परेँ, उनी रैछिन मुस्लिमकि छोरी उसैमा म नेपाली परे उनी इन्डियन थिइन । के जवाफ देऊ म ? उनलाई माया गर्छु भनेर मेरो प्रेम कहानी सफल होला र? जवाफ दिए अह गर्दैन, हामी असल साथी मात्र हौँ । तर पनि मुटुको कुनै कुनामा उनको निम्ति प्रेम नभएको होइन होला ? कता कता म उनलाई प्रेम गर्छु, अनि उनी पनि मलाई ।

प्रेममा कुनै सिमाना हुदैन भन्थे हो रहेछ । आफै अचम्म छु यो कस्तो प्रेम सम्बन्ध ? उनलाइँ चिनेकै छैन जससँगको भेट सम्भावना नै छैन उनैको निम्ति मनमा यस्तो माया किन ? उनका हरेक कुरामा यति धेरै विश्वास किन गरुँ ? आफैलाई थाहा छैन उनीसँगको दैनिक कुराकानी आदत नै बसि सक्यो । न यो सम्बन्धमा पछाडी हट्न सक्छु, न त अगाडी नै भविस्य भेट्छु । साच्चिकै प्रेम अचम्मको हुने रहेछ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...