News Portal

रेडियो सुन्नुहोस्

‘हावामा उड्नसक्छ खाडिको पसिना’

–हरि भण्डारी
९३७ पटक

(हात र वित्तामा नापेर घडेरी किन्दामै खाडिमा यूवाहरुले कमाएको पैसा सकिएको छ। गांउका जमिन वाझिंएका छन्। यता शहरमा घडेरी व्यापारले तत्कालिन रुपमा केहि प्रगति देखिएपनि कालान्तरमा ठुलो संकट निम्त्याउने निश्चितजस्तै छ। यो धन्दाले मुलुकलाई थप परनिर्भर वनाउदै संकटतर्फ धकेन्दै छ।)

ग्रामिण र दुर्गम गाउँहरुमा अहिलेको फेसन र नयां सहरहरुमा फस्टाएको व्यापार केहि छ भने त्यो ‘घडेरी व्यापार’ हो। खाडि मुलुकमा नेपाली यूवाहरुले कठिन र कस्टकर संघर्ष गरेर कमाएको पैसा अहिले समथर भागको वांझो जमिनमा थुप्रिएको छ। दशकौं दशक खाडिमा पसिना बगाएर गरिएको प्रगति भनेको केहि हात जमिन किन्ने वाहेक अधिकांस यूवाको अर्को सपना र योजना सफल हुन सकेको छैन। जिवनको उर्जाशिल समयको श्रमको मुल्यलाई उत्पादनशिल क्षेत्रमा लगाउने तर्फ न यूवाहरु सचेत छन् नत सरकार र राज्यले नै विदेशवाट भित्रिएको करोडौं रुपैयां रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा लगाउने, देशमै रोजगारी वढाउने, र पुजीलाई अनुत्पादक क्षेत्रमा थुप्रिनवाट रोक्नेतर्फ कुनै योजना वनाएको छ।

पछील्लो दशकमा मौलाएको घडेरी व्यापारले कृषियोग्य जमिन मासिएको भनेर जति धेरै कुरा उठाईएको छ त्यो भन्दा वढि खतरनाक विषय मान्छेलाई यो धन्दाले कसरी परपनिर्भर वनाउदै छ भन्ने हो। समथर भुभागको जमिन मासिएको प्रत्यक्ष दृष्य जुन छ त्यसपछाडि गाउँ वस्तिहरु खालि हुने खतरातर्फ ध्यान पुगेकोदेखिन्न। आफ्नो जिवनका उर्जाशिल दिनहरु खाडिमा पसिना वघाएर लाखौं यूवाहरुले पठाएको रेडिट्यान्स अहिले समथर भुभागका खण्डिकृत जमिनका टुक्राहरुमा सिमित गरिदिएको छ। गाउँका उर्वराशक्ति उच्च भएका र वहुमुल्य खेतिको सम्भावना वोकेका जमिनहरु वांझै छन्। कैयन गाउँहरुमा जनसंख्या घट्दो दरमा जान थालेको छ। शहर र पहाडका समथर भुभागहरुमा अस्तव्यस्त रुपमा जनसंख्याको चांप वढेको छ। यसले कृषियोग्य जमिन मास्ने मात्र होईन गाउँका खेतियोग्य जमिन वांझो गराउने, गाउँ रित्याउने र परनिर्भर वनाउने दिशातर्फ लगिरहेको छ। वास्तवमा वैदेशिक रोजगारीवाट भित्रिएको रकम जहाँ लगानि भएको छ त्यसले आत्मनिर्भरता र उत्पादनको निम्ति ‘मन्द विष’को काम गरिरहेको छ। रेमिट्यान्स उत्पादनशिल क्षेत्रमा त लागेको छैन नै दुर्गमका उत्पादन संयन्त्रहरुलाई भत्काएको छ। जमिनहरु वांझो गराएको छ। जिवनलाई कोठामा केन्द्रित गरेर मानसिकता नै उत्पादक होईन विक्रेतातर्फ परिवर्तन गरिदिएको छ।

गाउँमा वैदेशिक रोजगारीमा कोहि नगएका परिवार भेट्याउन गाह्रो छ। अधिकांस ग्रामिण परिवारवाट वैदेशिक रोजगारीमा छन्। एकसय जना यूवाहरु वैदेशिक रोजगारीमा रहेको गाउँमा तिनदेखि ८ करोडसम्म वर्षेनि भित्रिन्छ। नेपालका गाउँहरुले यूवा वैदेशिक रोजगारीमा पठाउन थालेको दशकौं भईसक्यो। तर, गाउँमा कुनै घरेलु तथा लघुउद्योग, उत्पादनका कार्यक्रमहरु सञ्चालन भएका छैनन्। वरु भएका खेतवारीहरु वांझिदै छन्। केहि समयअगाडि गाउँ, गाउँमा गाडि पुगेपछी समृद्धि आउंछ र आयआर्जन वढ्छ भनिन्थ्यो। आज अति विकट क्षेत्रवाहेक अधिकांस गाउंमा गाडि पुगेको छ। तर, गाउँमा पुगेका गाडिहरुले गाउँवाट विदेश जाने यूवाहरु वोकेर निस्कन्छन र उनिहरुका परिवारका लागि रासन (खाद्यान्न) लिएर फर्कन्छन्। गांउको उत्पादन सुन्यजस्तै छ। वैदेशिक रोजगारीमा रहेकाहरुको परिवारमा दरार वढदो छ।

केहिसमय अगाडी अनुत्पादक क्षेत्रको लागि कर्जा प्रवाहमा कमि आउने वित्तिकै रातारात जग्गाको कारोवार घट्यो। भाउमा गिरावट आयो। जग्गा खरिद विक्रि हुने कार्य घट्यो। कुनै दिन यसरी नै घडेरीको भाउ घटने हो भने नेपाली यूवाहरुले विदेशमा कमाएको पैसा हावामा स्वाहा हुन वेर गर्दैन। २० वर्ष विदेशमा कमाएर किनेको जग्गाको भाउ ५० प्रतिशतले घटयो भने १० वर्षको कमाईजति हावामा विलाउन के वेर वरु यो पैसा उत्पादनसशिल क्षेत्रमा लगानि गरेमा रोजगारी, उत्पादन र आयआर्जन मात्र हैन देशको निर्यात शक्तिमा समेत टेवा पुग्छ।

प्रतिकृया दिनुहोस्

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...