प्यूठान उद्योग वाणिज्य संघले घुम्ती शिविर संचालन गर्ने भएको छ । संघले वार्षिक ३० लाख भन्दा कम कारोबार गर्ने करदाताहरुलाई लक्षित गरि घुम्ती शिविरको आयोजना गरेको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिए ।
२०७८÷७९ को आयकर संकलन संघ अन्तर्गत रहेका बजार क्षेत्रहरुमा भदौ ६ गतेदेखी घुम्ती शिविर संचालन गर्न लागिएको हो । प्यूठान उद्योग वाणिज्य संघले साना करदाताहरुलाई मध्यनजर गरि प्रत्येक वर्षको एकपटक घुम्ती शिविर चलाउदै आएको छ ।
घुम्ती शिविर संचालन हुने मिती, समय र स्थान थाहा पाउन सुचना पढ्नुहोस् ।