बिचार बिमर्शसँग रम्दै खेल्दै पौरखी हातलाई आत्मसात गर्दै ,कयौ चुनौती पार लगायी चुनौतीसँग प्रतिस्पर्धा गर्दै जीवन मेरो तेरोको सङ्घर्शमा बाजि थाप्दै एकोहोरो सपनालाई पुनर्जीवित गर्दै गोडमेल गर्दै आज म तिमिलाई खोल्न बाध्य भएको छु ।
Dear कलम !
सुर्यदय र त्यसका साथ–साथै गासिएको मेरा महाभारत रूपी ईच्छ्याहरु र एउटै चाहना “मेरो बिरामीको अनुहारमा देखिने त्यो आशारुपी हाँसो“
एउटा गलेको अनुहार ,फाटेको चोलोको साथमा ५ ठाउमा सलाईले गासेको त्यो हात्तीछाप चप्पल ,पटुकाको छेउमा टिमिक्क बाधेको त्यो सुर्के थैलि ,अनि म निको हुन्छु है भन्ने त्यो ठूलो आशा !
छेउमै भाद गाउले टोपी । कालो रंगको इज्जत ढाकिने दौरा सुरुवल । १० ठाउमा फुटेको ती कुर्कुचा, अनुहारहरु मलिन स्वभाबका । प्रस्टै झल्किने ती काजिका ऋणहरु ! लाग्छ कि निकै पिछडियका !
भौतारिदै भगवानको शरणमा हिडेका जस्ता ……
डाक्टर बाबु नमस्ते । झल्यास्स बिउँझिए … इएम्टेबलको छेउबाट आवज आइरहेको रहेछ । नमस्ते आमा बुबा । उमेरले ४ बीस काटेका दुईजना बृद्धलाई अगाडि देखे ।
कथित समस्याहरु जुन बोल्नै नपर्ने रहेछन् ,प्रस्टै झल्कने रहेछ । सुरुवात खोकी बाट ….
डा.बाबु जमानामा दुई प्याकेट चुरोट त एकै दिनमा सक्थे, तमाखु मस्त तानियो, हट्टा कट्टा नै थिए । गाग्रीको पानी जुरुक्क उचाल्थे । अहिले त एक लोटा पानि उचाल्न पनि गारो पर्छ बाबु ,उकालो त के तेर्सो बाटो पनि हिंड्नै सक्दिन ,पाइलाहरु अगाडि सर्दैनन् । आमाका अनुहारमा प्रस्ट झल्किन्थे यी समस्याहरु ,भलाकुसारी गर्ने प्रयास गर्दै थिय । मेरो कलम आमाका घाउहरु (prescription) मा लेख्न कसरत गर्दै थिए ।
मनमा कुरा खेल्दै थिय ,रोग त मस्तै छिपिसकेछ । बड्डिलाई चोट त मस्तै रहेछ । दम भनी गाउँ घरमा नाङ्गलो अौसधी पसलबाट टन्न अौसधी खानु भएछ । तर जातिबिदी अौसधीले आमालाई झन असर गरेको देखियो । (Oxygen) थेरापी सहित केहि Inhaler को साथमा आमालाई बिदा गरे चुरोट फेरि नखाने सर्तमा ।
त्यसैगरि क्रमश.. टाढा बाटै नमस्कर डा.साब । जातिबिदि यो कोखो र कन्नो (ढाड) दुखेर मर्नै लागे । के चाहि गरिन मैले,धामि झाक्री देखाए ,बोको काटे, कुखुरा काटे, २० को १९ भएन । उल्टो जन्मेको बच्चालाई ढाडमा हिर्काउन लगाए सन्चो हुन्छ कि भनेर तर माछो मरेन । लौन डा. साब चिरिप्यै सन्चो बनाउनु परो (थोरै हाँसे म) उल्टो जन्मेको बच्चाले ढाडमा लात्तीले हानो भने ढाड दुखेको सन्चो हुन्छ भन्ने बिश्वास अझैपनि हाम्रो गाउँ घरमा प्रचलित रहेछ ।
कठै बरा लु हेरत ! भिडीयो X –ray गराइयो ! १२.५ mm को पथ्थरीले सताको भेटियो । तुरुन्त OT को लागि NPO सहित रिफर गरियो । अहिले अपरेसन पछी ठिक छिन सुन्तली दिदी । बेलाबेला गुन्द्रुक र तामा सहित ओपिडी भेट्न आउछिन दिदी ।
काँहाली लाग्दो छ हाम्रो स्वास्थ्य अबस्था Antibiotics चक्लेट सरि बिकाईएका छन् । Resistant हुन्छ भन्ने ज्ञान नभाकै हो त् ।
यस्तै हो भने कहिले हुन्छ स्वास्थ्यमा क्रान्ति ??
चुनौती धेरै छन् । देशमा स्वास्थ क्रान्ति लेराउन नसक्नु हाम्रो दुर्भाग्य । हजारौं रोगको साथमा जीवन मरणको अबस्थामा पुगेका छन् ती आमा बुबाहरु ,छटपटाइरहेका छन् ती चेलिबेटीहरु तर बिडम्बना स्वास्थ्यमा दीप प्रजोनन् भने पटक्कै भएको पाइएन , खोइ त स्वास्थ्य चेतना ?
बास्तबमा हामी कति पछाडि छौ है स्वास्थ्य छेत्रमा ?
केही सोच्ने बेला पक्कै आएको छ । स्वास्थ्य मा नवीन परिवर्तनको खाँचो छ । स्वास्थ्य प्रणाली रुपान्तरणको बिन्दुमा आज सम्पुर्ण स्वास्थ्यकर्मी हातेमालो गर्दै अगाडी बढ्न अत्यन्त जरुरी देखिएको छ । तसर्थ सम्पुर्ण स्वास्थ्यकर्मीहरुमा बिरामीप्रति बफदारी र बिरामीवर्गको आधारभुत आबस्यकता परिपुर्ति गरि रोगहरु निस्कृय गर्न लावालस्करका साथ आगाडी बड्नु पर्ने देखियो, स्वास्थ्यकर्मीद्वारा निर्मित स्वास्थ प्रणाली र स्वास्थ्यको पुनस्थापनाको नीति बनाई व्यबहारमा उतारे कति राम्रो हुन्थ्यो होला……लामो सास तान्दै OPD table मा बस्दै थिय Dear कलमको साथमा । फेरि ढोकाबाट नमस्ते डा.बाबु डा.बाबु…………………।
यस्तै चल्दै छ डाक्टरी पेशा ।
डा.राजन नेपाल
MBBS -DU
हाल प्युठान