News Portal

रेडियो सुन्नुहोस्

डेनमार्कमा निर्मित कृषि औजारहरु प्युठानमा भित्रिए , किसानहरुले शून्य लगानीमा पाउने

बोम बहादुर परियार२०७९ भाद्र २७, प्यूठान
१९०२ पटक
२०७९ भाद्र २७, प्यूठान

किसानहरुको सहजताको लागि प्यूठानमा TEXAS कम्पनिका हाते कृषि औजार भित्रिएका छन ।
डेनमार्क युरोपमा निर्मित उच्च प्रविधिका कृषि औजार प्यूठानका किसानहरुले सहुलियतमा पाउने भएका हुन ।

सोमबार होटेल आयुस्माको सभाहल जुम्रीमा छिमेकी लघुबित्त बित्तिय सस्था प्यूठानले जिल्लाका आफ्ना सदस्यहरुलाई जम्मा गराई हाते कृषि औजारबारे जानकारी गराएको छ ।
किसानहरुले उक्त औजार खरिद गर्नको लागि छिमेकी लघुबित्त बित्तीय सस्थाद्वारा सदस्यहरुलाई मात्र पाँच प्रतिशत छुट सहित शुन्य लगानीमा औजार उपलब्ध गराईने सस्थाका प्रमुख सुनिल चौधरीले बताए । उक्त ऋणलाई किसानहरुले ट्राक्टरको कमाईबाट किस्ता किस्तामा तिर्नुपर्ने उनको भनाई छ ।

नेपाल चाईना एग्रीकल्चर सेन्टरका प्रमुख गोपाल प्रसाद उपाध्यायले TEXAS कम्पनीको कृषि औजार उपलब्ध गराउनको लागि प्युठानमा छिमेकी लघुबित्त बित्तिय सस्थासँग सहकार्य गरेको बताए । साथै डेनमार्कमा निर्मित बलियो भरपर्दो र पेट्रोल डिजल दुबैबाट चल्ने फरक फरक हाते औजारहरु जिल्लामा भित्रीएको उनले बताए ।
१९६० मा स्थापना भएको कम्पनिले प्युठानमा पहिलोपटक कृषि हातेऔजार लिएर आएको हो ।

बाझो भिरालो जमिनमा महिलाहरुले समेत सहजै रुपमा चलाउन सकिने हाते ट्राक्टरहरु जिल्लाको एकमात्र बिक्रेता राप्ती ईलेक्टृकल्स एन्ड मेसिनरी हाउस बिजुवारबाट उपलब्ध छन ।

पाँच हर्ज पावरको पेट्रोल इन्जिन भएको मेसिन, ६ हर्ज पावरको पेट्रोल इन्जिन भएको, ५ हर्ज पावर भएको डिजल इन्जिन भएको र ९ हर्ज पावर भएको डिजल इन्जिन भएको हाते कृषि औजार जिल्लामा भित्रीएको राप्ती ईलेक्टृकल्स एन्ड मेसिनरी हाउसका प्रमुख राम प्रसाद पोख्रेलले बताए ।
६ किसिमका धातुद्वारा निर्मित उक्त मेसिनहरु किसानलाई उपलब्ध गराउनको लागि पहिलोपटक प्यूठान र रोल्पामा सम्झौता गरिएको कम्पनिका प्रमुख उपाध्यायले बताए ।
तेल कम खाने, अरु कम्पनिका औजार भन्दा फरक क्षमता भएको, मिनिटिलर, रिपर, ब्रस कटर, वाटर पम्प, लगायत सम्पूर्ण मेशिनरी औजार यस जिल्लामा भित्रीएको छ । साथै उक्त मेसिन ले पानी तान्न समेत सकिने बताईएको छ ।
साथै कृषि औजारका बारेमा बुझेपछी जिल्लाका किसानहरु उत्साहित समेत बनेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...