News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा १८ जनाले गराए उम्मेदवारी दर्ता

झुलेनी नेटवर्क२०७९ असाेज २३
१०३८ पटक
२०७९ असाेज २३

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्यूठानमा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यको लागि ८ जना र प्रदेशसभा सदस्यको लागि १० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्यूठानले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यको लागि नेकपा एमाले सूर्यबहादुर थापाक्षेत्री, राजमो दुर्गा पौडेल, नेकपा(माले)माधब सिंह केसी, रास्ट्रीय स्वतन्त्र पार्टी कृष्ण प्रसाद पोख्रेल राप्रपा नेपाल होम बहादुर बुढाथोकी,मंगोलीयन पार्टी मनबहादुर पुन, स्वतन्त्रमा दामप्रसाद सुबेदी र स्वतन्त्रमै रामप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रदेश सभा(क)अन्तरगत नेकपा एमाले तुल्सीराम शर्मा, नेकपा आओबादी केन्द्र कृष्णकुमार अधिकारी, राप्रपा गोपाल नाथ योगी, हाम्रो नेपाल पार्टी हरी पौडेल, मंगोलीयन पार्टी मुवा घर्तीमगरले उम्मेदवारी दिएका छन् । प्रदेश सभा(ख) मा नेकपा एमाले हरी प्रसाद रिजाल, नेपाली कांग्रेस शरोज थापा, राप्रपा लालबीर घर्ती र मंगोलियन पार्टी बाट रुपलाल बुढामगरले उम्मेवारी दर्ता गराएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...