News Portal

रेडियो सुन्नुहोस्

सार्वजनिक यातायातमा नयाँ भाडादर लागु(प्यूठानवाट कहाँका लागि कति?)

सिखवर डेस्कअसोज ८ प्यूठान
१९२० पटक
असोज ८ प्यूठान

सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको सरकारले अाइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर पनि समायोजन गर्नुपर्ने माग गरेका थिए । त्यसै अनुरुप यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो ।

नयाँ कायम भएको भाडादर अनुसार अव प्यूठानवाट काठमाण्डौका लागि भाडा ९२८ लाग्ने भएको छ। ४३२ किलोमिटर दुरी रहेको उक्त रुटमा साविकको भाडादर ८४४ रुपैयाँ थियो। यस्तै नेपालगञ्ज भालुवाङ प्यूठानका लागि ४६४ लाग्ने भएकोे छ। २१६ कि.मि. दुरीको यो रुटको साविकको भाडा ४२२ रहेको थियो। प्यूठानवाट भालुवाङ हुदै महेन्द्रनगर पुग्न ७९२ लाग्नेछ। ४०१ कि. मि. दुरीको यो रुटको साविकको भाडा७२० रहेको थियो। कोठियाघाटवाट नेपालगञ्ज हुदै प्यूठान पुग्ने २६९ कि.मि. रुटको साविकको भाडा ४९७ भएकोमा अव ५४७ लाग्नेछ।

डिलक्स सेवा प्रदायकहरुले भने यो भाडामा २० प्रतिसत रकम थप गरि लिनेछन्। त्यसका लागि गाडिको व्लुवुकमा यातायात व्यवस्था विभाग अन्तर्गत भिएफटिसि टेकुवाट डिलक्स सुविधा लिएको प्रमाणित भएको हुनुपर्नेछ।

यसअघि २०७२/१०/२५ मा भाडादर कायम गर्दा पेट्रेलको ९९ र डिजलको ७५ रुपैया मुल्य कायम गरिएको थियो। हाल २०७५/०६/०७ मा पेट्रोलको ११४ र डिजलको १०१ कायम गरिएको छ।

विगतमा भाडादर निर्धारण गर्दा ईन्धनको ३५ प्रतिसत अंस र अन्य सुचकको ६५ प्रतिसत अंस रहेकोमा हाल अन्य सुचक यथावत राखि ईन्धनको सुचकको आधारमा १० प्रतिसतले वृद्धि गरिएको छ।

दशै तिहार लगायतका चाडपर्वको मुखमा भाडा वृद्धि गरेको भन्दै उपभोक्ता अधिकारकर्मिहरुले यसको विरोध गरेका छन्।

नयाँ भाडादर

Bhadadar 2075-06-07 (1)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...