News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावका कारण रोग पालेर घरमै, परिवारको विचल्लि

सिखबर संवाददाताअसोज २४, प्यूठान
१८५२ पटक
असोज २४, प्यूठान

६५ वर्षिय वुवाले आँखा देख्दैनन्। घर परिवार चलाउन १६ वर्षको उमेरमा ६ कक्षामा पढ्दापढ्दै पढाई छोडेर काम खोज्दै भारत पुग्नुपर्यो। गत जेठमा नसासम्वन्धि रोगले समात्यो भने असार ४ गते आमाको मृत्यु भयो। भएको एक कित्ता भिर वेचेको २५ हजारले आफ्नो उपचारमा डुल्दा ठिक्क भयो। आमाको किरियाको ऋण तिर्नै वाँकी छ। नौवहिनी गाउँपालीका ८ फोप्लीका दिल वहादुर पुन आर्थिक अभावमा अहिले रोग पालेर छटपटाउनु परेको छ।

चारैतिर दशैको रमझम छ। सवैका घरमा उत्साह र उमंग छ। तर, दिल वहादुरको परिवारलाई नत दशैले छोएको छ नत उमंग नै आएको छ। परिवार चलाउने १६ वर्षिय उनिनै आर्थिक अभावका कारण उपचार गर्न नसकि रोगले थलिएर वस्नु परेको छ।

दशैको खर्च कटाएर भएपनी दिन वहादुर पुनको उपचारमा सहयोग गरौं। फजुल खर्च कटाएर सहयोगी हातहरु फैलाऔं। यौटा किशोर र उनको परिवारको जिवन वचाऔं।    –सम्पादक

उनका वुवा ६५ वर्षिय दले पुनले दुवै आँखा देख्दैनन्। आमाको मृत्यु भयो। १२ वर्षिय वहिनी ताजिमा पुन, ८ वर्षिय वहिनी खेमसरी पुन र ४ वर्षिय भाई उनै १६ वर्षिय दिल वहादुर पुनमाथी नै आश्रित थिए। तर, उनिसमेत नसारोगले थलिएपछी परिवारको समेत विचल्ली भएको छ। आर्थिक अभावकै कारण उनले नसारोगको उपचार गर्न सकेका छैनन्।

“आर्थिक अभावका कारण परिवार धान्नै विचल्ली छ। आर्थिक अभावका कारण उपचार गर्ने अवस्था छैन।” स्थानिय युवराज भण्डारीले भने– “सामान्य झमझमाउने समस्या वल्झिएर अहिले उभिन नसक्ने स्थितीमा पुगेको छ।”

आर्थिक अभावकै कारण १२ वर्षिय वहिनीले ३ कक्षावाट र ८ वर्षिय वहिनीले १ भन्दा वढी पढ्न सकेनन्। उव्जनिको नाममा अहिले १० डोका मकै उत्पादन भयो। घर चलाउने जिमेवारी आईपरेका उनि नै थलिएपछी उनको उपचार हुन सकेको छैन भने परिवारको समेत विचल्ली भएको छ। उनमा अहिले हिडन नमिल्ने हात सिधा नहुने, जिव्रो लरवराउने लगायतका समस्या देखिएका छन्।

आमाको मृत्यु र वुवाका दुवै आँखाको ज्योति गुमेपछी परिवार चलाउने जिम्मा पाएका दिल वहादुरले आफ्नो उपचारमा सहयोग गर्न सवैसंग आग्रह गरेका छन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...