News Portal

रेडियो सुन्नुहोस्

सरद यामका फूलहरु

सरद बिष्ट
१७७५ पटक


सरद बिष्ट (स्वर्गद्धारी नगरपालिका–३, प्यूठान)

सधै मुस्कुराएर खुशी
देखिने
सबै यामका फूलहरुले
प्रकृतिलाई सिंघारेर जान्थे ।
सुगन्धमय वनाएर, फेरि आउने वाचासहित ।
तर,
सरद यामका सुन्दर फूलहरु
निराश छन् किन आज ?
कस्ले बिध्न–वाधा पुराएछ ?
बिचरा ! सबै घायल छन् ।
नयाँ याम, नयाँ पालुवा सँगै फूलेका
सबै फूलहरु
आपसमा आपत्ती जनाउँदै
अब, नयाँ संसारको वसाँइमा छन् ।
किनभने,
हुरी,वतास अनि मेघ गर्जन सहितको
असिना बर्षातले
सबै सुन्दर फूलहरु पिडित छन् ।
त्यसैले,
प्रश्नहरु आफैसित गरे,
प्रश्नहरु हुरी,वतास सँग गरे, र
असिना बर्षात सँग गरे, तर–
तर
उत्तर पाइनँ कसैवाट पनि ।
आज यस्तो कुठराघात किन ?
अरुको जीवन,
तहसनहस र वाधा पुराउने किन ?
सोधे प्रश्न इन्द्र देवसँग
प्रकृतिको नियम भन्दै
मुसुमुसु हाँसिरहे

उताफेरि,
सरद यामका फूलहरु शोकाकुल थिए ।
केहि वोलेनन् ।
असहज परिस्थितिमा जस्तो जे भएपनि
आप्ःनो काम र कर्तव्य पूरा गर्दै
प्रकृतिलाई हराभरा र सुगन्धमय
वनाएर
सरद यामका फूलहरु पनि
हराउँदै थिए ।।।

  • मिति : ( २०७५/०७/१९

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...