News Portal

रेडियो सुन्नुहोस्

सरद यामका फूलहरु

सरद बिष्ट
१४७९ पटक


सरद बिष्ट (स्वर्गद्धारी नगरपालिका–३, प्यूठान)

सधै मुस्कुराएर खुशी
देखिने
सबै यामका फूलहरुले
प्रकृतिलाई सिंघारेर जान्थे ।
सुगन्धमय वनाएर, फेरि आउने वाचासहित ।
तर,
सरद यामका सुन्दर फूलहरु
निराश छन् किन आज ?
कस्ले बिध्न–वाधा पुराएछ ?
बिचरा ! सबै घायल छन् ।
नयाँ याम, नयाँ पालुवा सँगै फूलेका
सबै फूलहरु
आपसमा आपत्ती जनाउँदै
अब, नयाँ संसारको वसाँइमा छन् ।
किनभने,
हुरी,वतास अनि मेघ गर्जन सहितको
असिना बर्षातले
सबै सुन्दर फूलहरु पिडित छन् ।
त्यसैले,
प्रश्नहरु आफैसित गरे,
प्रश्नहरु हुरी,वतास सँग गरे, र
असिना बर्षात सँग गरे, तर–
तर
उत्तर पाइनँ कसैवाट पनि ।
आज यस्तो कुठराघात किन ?
अरुको जीवन,
तहसनहस र वाधा पुराउने किन ?
सोधे प्रश्न इन्द्र देवसँग
प्रकृतिको नियम भन्दै
मुसुमुसु हाँसिरहे

उताफेरि,
सरद यामका फूलहरु शोकाकुल थिए ।
केहि वोलेनन् ।
असहज परिस्थितिमा जस्तो जे भएपनि
आप्ःनो काम र कर्तव्य पूरा गर्दै
प्रकृतिलाई हराभरा र सुगन्धमय
वनाएर
सरद यामका फूलहरु पनि
हराउँदै थिए ।।।

  • मिति : ( २०७५/०७/१९

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...