News Portal

रेडियो सुन्नुहोस्

गज्जबको रेष्टुरेन्टः तपाईं पेटभर खानुस्, पैसा अर्कैले तिरिदिन्छ

१२७२ पटक

भारतको गुजराँतस्थित अहमदावादमा यस्तो रेष्टुरेन्ट छ जहाँ तपाइँ आफूले चाहेको खाना अर्डर गर्न र खान सक्नुहुन्छ, तर त्यसको पैसा तिर्नुपर्दैन । रकम अरु कसैले चुक्ता गरिसकेको छ ।

अतिथि देवो भवः को भावनामा चलिरहेको छ, त्यो रेष्टुरेन्ट । गुजराती सेवा क्याफे नामक उक्त रेष्टुरेन्टमा दिउँसो र बेलुकाको खाना तपाइँ सित्तैमा खान सक्नुहुन्छ, उपहारको रुपमा । कुनै अन्जान मानिसले तपाइँलाई भोजन उपहार प्रदान गरेको हुन्छ । पछिल्लो ११ वर्षदेखि यो रेष्टुरेन्टमा यस्तो निःशुल्क भोजन चलिरहेको छ ।

मानव सदन, ग्राम श्री तथा स्वच्छ सेवा लगायतका च्यारिटी संस्थाहरुले यो रेष्टुरेन्टमा निशुल्क भोजनका लागि सहयोग गरिरहेका छन् । कतिपय ग्राहकले निःशुल्क भोजनका लागि समेत केही दान गरेका हुन्छन् र ग्राहकले दान गरेको त्यो रकम पनि अन्यको निःशुल्क भोजनमै खर्च गरिएको हुन्छ ।

उक्त रेष्टुरेन्टमा काम गर्ने कर्मचारीहरु पनि स्वयंसेवा गरिरहेका छन्, तलब पाउँदैनन् ।

दैनिक ५० जना पाहुनालाई सित्तैमा खाना खुवाउने गरेको छ यो रेष्टुरेन्टले ।

एजेन्सीको सहयोगमा

Onlinekhabar

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...