News Portal

रेडियो सुन्नुहोस्

गज्जबको रेष्टुरेन्टः तपाईं पेटभर खानुस्, पैसा अर्कैले तिरिदिन्छ

११३० पटक

भारतको गुजराँतस्थित अहमदावादमा यस्तो रेष्टुरेन्ट छ जहाँ तपाइँ आफूले चाहेको खाना अर्डर गर्न र खान सक्नुहुन्छ, तर त्यसको पैसा तिर्नुपर्दैन । रकम अरु कसैले चुक्ता गरिसकेको छ ।

अतिथि देवो भवः को भावनामा चलिरहेको छ, त्यो रेष्टुरेन्ट । गुजराती सेवा क्याफे नामक उक्त रेष्टुरेन्टमा दिउँसो र बेलुकाको खाना तपाइँ सित्तैमा खान सक्नुहुन्छ, उपहारको रुपमा । कुनै अन्जान मानिसले तपाइँलाई भोजन उपहार प्रदान गरेको हुन्छ । पछिल्लो ११ वर्षदेखि यो रेष्टुरेन्टमा यस्तो निःशुल्क भोजन चलिरहेको छ ।

मानव सदन, ग्राम श्री तथा स्वच्छ सेवा लगायतका च्यारिटी संस्थाहरुले यो रेष्टुरेन्टमा निशुल्क भोजनका लागि सहयोग गरिरहेका छन् । कतिपय ग्राहकले निःशुल्क भोजनका लागि समेत केही दान गरेका हुन्छन् र ग्राहकले दान गरेको त्यो रकम पनि अन्यको निःशुल्क भोजनमै खर्च गरिएको हुन्छ ।

उक्त रेष्टुरेन्टमा काम गर्ने कर्मचारीहरु पनि स्वयंसेवा गरिरहेका छन्, तलब पाउँदैनन् ।

दैनिक ५० जना पाहुनालाई सित्तैमा खाना खुवाउने गरेको छ यो रेष्टुरेन्टले ।

एजेन्सीको सहयोगमा

Onlinekhabar

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...