News Portal

रेडियो सुन्नुहोस्

दर्दनाक जिन्दगी ५० वर्षिया आमाको ३ वर्ष देखि छेउमै मरेका मान्छे पोल्ने ओडारमा बास

सिखबर संवाददाता
२४१३ पटक

आफन्तको अपहेलना सहन नसकेपछि प्यूठानको स्वर्गद्धारी नगरपालिका ५ सारी गाउँकी बिमला बिक ओढारमा रात काटर्दै आएकी छिन । प्यूठान र रोल्पाको सिमास्थल लुग्री नदि किनार नजिकको बगुवा ओढारमा उनले बिगत तिन बर्ष देखि आश्रय लिदै आएकी हुन ।

घरमा बस्दा आफ्न्तैले दिनहुँ शारिरिक तथा मानसिक यातना दिने र आफु बसेको घरमा समेत आगो लगाइदिने सम्मका दुर्वयव्हार गर्न थालेपछि आफुले घर छोडन बाध्य भएको ४९ बर्षिया बिकले बताइन। बिगत तिन बर्ष देखि यसरी नै ओढारमा बस्दै आएको उनको भनाइ छ ।

गाउँलेले समेत मानसिक सन्तुलन गुमाएको भनेर आरोप लगाउन थालेपछि घरबाट निस्केको हुँ उनले भनिन आफन्तको यातना र गाउँलेको अपमान मैले सहन सकिन। ओढारबाट उद्धार गरि घर लगेपनि माइतीले समेत राम्रो ब्यबहार नदेखाएपछि फेरी यही ओढारमा आएर आश्रय लिन थालेको उनले सुनाइन।

रोल्पा जिल्लाको सेरागँ गाबिस घुसवागँ माइत रहेकी उनको प्यूठान सारीका स्थानीयसँग बिबाह भएको स्थानीय बताउँछन । बिकले आफुलाइ घरमा बस्ने बाताबरण नभएको बताइरहदा उनका आफन्तले पटक पटक ओढारबाट घर लगेपनि उनि घरमा बस्न नमान्ने भएकाले समस्या भएको बताउँछन।

उनि रातको समयमा ओढारमा बसेपनि दिनभर जसो नै छिमेकीको काममा व्यस्त हुन्छिन । नजिकैको गाउँमा ज्याला मजदुरी गरेर उनको दिनचर्या बित्छ । मजदुरी गरेर प्राप्त पैसाले उनि आफनो साझ बिहानको गर्जो टार्छिन।
कहिलेकाही काम गर्न नपाउँदा भोकै बस्नुपरेको उनले बताएकी छिन ।

हेर्नुहोस भिडीयो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...