News Portal

रेडियो सुन्नुहोस्

दर्दनाक जिन्दगी ५० वर्षिया आमाको ३ वर्ष देखि छेउमै मरेका मान्छे पोल्ने ओडारमा बास

सिखबर संवाददाता
२२५९ पटक

आफन्तको अपहेलना सहन नसकेपछि प्यूठानको स्वर्गद्धारी नगरपालिका ५ सारी गाउँकी बिमला बिक ओढारमा रात काटर्दै आएकी छिन । प्यूठान र रोल्पाको सिमास्थल लुग्री नदि किनार नजिकको बगुवा ओढारमा उनले बिगत तिन बर्ष देखि आश्रय लिदै आएकी हुन ।

घरमा बस्दा आफ्न्तैले दिनहुँ शारिरिक तथा मानसिक यातना दिने र आफु बसेको घरमा समेत आगो लगाइदिने सम्मका दुर्वयव्हार गर्न थालेपछि आफुले घर छोडन बाध्य भएको ४९ बर्षिया बिकले बताइन। बिगत तिन बर्ष देखि यसरी नै ओढारमा बस्दै आएको उनको भनाइ छ ।

गाउँलेले समेत मानसिक सन्तुलन गुमाएको भनेर आरोप लगाउन थालेपछि घरबाट निस्केको हुँ उनले भनिन आफन्तको यातना र गाउँलेको अपमान मैले सहन सकिन। ओढारबाट उद्धार गरि घर लगेपनि माइतीले समेत राम्रो ब्यबहार नदेखाएपछि फेरी यही ओढारमा आएर आश्रय लिन थालेको उनले सुनाइन।

रोल्पा जिल्लाको सेरागँ गाबिस घुसवागँ माइत रहेकी उनको प्यूठान सारीका स्थानीयसँग बिबाह भएको स्थानीय बताउँछन । बिकले आफुलाइ घरमा बस्ने बाताबरण नभएको बताइरहदा उनका आफन्तले पटक पटक ओढारबाट घर लगेपनि उनि घरमा बस्न नमान्ने भएकाले समस्या भएको बताउँछन।

उनि रातको समयमा ओढारमा बसेपनि दिनभर जसो नै छिमेकीको काममा व्यस्त हुन्छिन । नजिकैको गाउँमा ज्याला मजदुरी गरेर उनको दिनचर्या बित्छ । मजदुरी गरेर प्राप्त पैसाले उनि आफनो साझ बिहानको गर्जो टार्छिन।
कहिलेकाही काम गर्न नपाउँदा भोकै बस्नुपरेको उनले बताएकी छिन ।

हेर्नुहोस भिडीयो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...