News Portal

रेडियो सुन्नुहोस्

बरिष्ठ संगीतकार बि.बि. अनुरागीका गीत अव पुस्तकमा

सिखबर संवाददाता
८३५ पटक

प्रसिद्ध सङ्गीतकार, सङ्गीत संयोजक, गीतकार, गायक तथा वाद्यवादक बि. बि. अनुरागीले भरखरै ‘तिम्रै झल्को’ शीर्षकको गीत सङ्ग्रह प्रकाशन गरेका छन् । १ सय २४ गीत सङ्ग्रहित यो पुस्तक बि. बि. अनुरागी सङ्गीत सेवा समाजले प्रकाशन गरेको हो भने पुस्तकको मूल्य रु. ३ सय राखिएको छ ।

विविध भावका गीत समावेश भएको यस पुस्तकमा प्रेमवियोग, प्रेमसमर्पण, प्रकृति प्रेम, जीवनदर्शन, देशभक्ति, तीज, बाल, भूकम्प, शहीदप्रति समर्पित आदि भावका गीत रहेका छन् िपुस्तकका गीतमा कतै भाग्यवादी भावनाहरु त कतै जातीय विभेदबाट उत्पन्न पीडाहरु समेत पढ्न पाइन्छ । एकलदेखि युगल र आधुनिकदेखि लोक तथा दोहोरी गीतले पुस्तकलाई एउटा सुन्दर फूलबारी झैं रङ्गीचङ्गी बनाएका छन् िपुस्तकमा रेकर्ड नभएका र रेकर्ड भई धेरै लोकप्रिय भएका गीत समेत समावेश गरिएको छ । ‘तिम्रै झल्को’ बि. बि. अनुरागीको पहिलो पुस्तक कृति हो ।

लामो समयदेखि सङ्गीत क्षेत्रका प्रमुख सबैजसो विधामा सक्रिय रहँदै आएपनि अनुरागीको प्रमुख विधा भने सङ्गीत र सङ्गीत संयोजन नै हो । तस्बीर, आभार, शीरिष, लक्ष्य, फूल, मोहनी, निरमाया, आकर्षण, विकल्प, शुभयात्रा, रामकसम, तरङ्ग, तरङ्ग (२, संकल्प, समय, दूरी, साक्षी, सगुन, वहार, मेरी पियारी लगायत तीन दर्जन भन्दा बढी एकल सङ्गीतका एल्बम प्रकाशन गरिसकेका अनुरागीले सबै विधाका गरी दुई हजार भन्दा बढी गीतमा सङ्गीत दिएका छन् ।


आधुनिक, लोकदोहोरी, पप, भजन, चलचित्र लगायत नेपालका सबैजसो शैली र भाकाका गीतमा म्युजिक एरेन्ज गरिसकेका बि. बि. ले बाटुली, जीवनलिला, गोर्खा पल्टन, नागबेली, निसानी, दृष्टिकोण, परदेशी लगायत डेढ दर्जन चलचित्रका गीतमा समेत सङ्गीत गरेका छन् ।
युवा उमेरमै पिता रामलाल विश्वकर्माको काँध गुमाएका बि. बि. आमा पवित्रा रसाईलीको माया, प्रेरणा र हौसलाको उर्जा बोकेर लामो समयको कठिन सङ्घर्षबाट आज एक उदाहरणीय सङ्गीतकर्मी मात्र बनेका छैनन् उनले आफ्नो समग्र परिवारलाई नै एउटा घरानाको रुपमा अगाडि बढाईरहेका छन् ।  साभार म्यूजिक खवर  

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...