News Portal

रेडियो सुन्नुहोस्

जनसेवा संस्थाद्धारा शंकर परियारको उपचारमा सहयोग

सिखबर संवाददाता३२ श्रावण, प्यूठान
१३८७ पटक
३२ श्रावण, प्यूठान

आर्थिक समस्याका कारण उपचार गराउन शंकर परियारको विषयमा सिखवर अनलाईन र लिस्ने जनससञ्चार साप्ताहिकमा समाचार प्रशासन भएपछी नेपाली जनसेवा संस्थाले मिडियाको कार्यलयमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको छ।

शंकरको अबस्थाको बिषयमा समाचार पढे पछि प्यूठान नगरापालिका ८ प्यूठानमा रहेको नेपाली जनसेवा संस्थाले सहयोग गरेको हो। संस्थाका संस्थापक अध्यक्ष मिठ्ठु पुरीले बालकको बिचल्लीको खबरले आफुहरुलाई दुःखी बनाएको र उनलाई बचाउनको लागि सहयोग गरेको बताउनुभयो। कोरोना संक्रमणको समयमा नजिकैको बिद्यालयमा क्वारेन्टिनमा बसेकाहरुलाई संस्थाको तर्फबाट आफुहरुले निःशुल्क काम गरेको र त्यहिबाट बचाएको रकमबाट एघार हजार रुपैयाँ सहयोग गर्नुभएको छ।

संस्थाको टोली बिजुवार जुम्रीमा आई सिखवर अनलाईन र लिस्ने जनसञ्चार पत्रिकाको कार्यलयमा रकम हस्तान्तरण गरेको हो। संस्थाका अध्यक्ष मिठु पुरी , उपाध्यक्ष कृष्ण दसौति , सचिव तिलोचन थापा , सह सचिव भिष्म सुवेदी , कोषाध्यक्ष बिजय महतरा त्यस्तै सदस्यहरु मिठा महतरा, दुर्योधन सुवेदी, गंगा सिवभक्ति , बालाराम सुवेदी , जगत महतरा , बिजय बसेल , लंक बहादुर महतरा, इन्द्र बहादुर महतरा ,सञ्जय जि.सी र सुरज थापाले सहयोग गर्नुभएको हो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...