News Portal

रेडियो सुन्नुहोस्

स्याउलिवाङमा पहिलोपटक वैंकिङ प्रणालिवाट सामाजिक सुरक्षा भत्ता वितरण

नौवहिनीका सवै वडाहरुमा वैंकिङ प्रणालिवाट सामाजिक सुरक्षा वितरण: प्रप्रअ भण्डारी

सिखबर संवाददाता१६ कार्तिक, प्यूठान
१४७१ पटक
१६ कार्तिक, प्यूठान

नौवहिनी गाँउपालिकाको सवैभन्दा विकट क्षेत्र मानिने वर्डा नं १ स्याउलिवाङमा पहिलोपटक वैंकिङ प्रणालिमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
नौबहिनी गाउँपालिका र नेपाल ईन्भेष्टमेण्ट बैक लि. बहाने शाखा प्यूठानको सहकार्यमा स्याउलिवाङमा पहिलोपटक बैंकिङ प्रणाली मार्फत सरकारले विभिन्न लक्षित वर्गलाई उपलव्ध गराउदै आएको सामाजिक सुरक्षा वापतको रकम वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले वताउनु भयो। दुर्गम क्षेत्रमा वसोवास गर्ने र वैंकको शाखामा पुग्न असहज अवस्था रहेका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको सहजताका लागि वर्डाहरुमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम राखिएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले वताउनु भयो। उहाँका अनुसार यो वर्षदेखी नौवहिनी गाँउपालिकाका सवै वडाहरुमा वैंकिङ प्रणालिअन्तरगत सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ। “सरकारको सामाजिक सुरक्षा वापतको रकम वैकिङ प्रणालिवाट भुक्तानि गर्ने नीति वमोजिम नौवहिनी गाँउपालिकामा पनि वैंकिङ प्रणालिवाट भत्ता वितरण गरिएको हो” भण्डारीले भन्नुभयो -“गतवर्ष ५ वडामा वैंकिङ प्रणालिवाट वितरण गरिएको थियो। यो वर्ष १, २ र ३ वडामा पनि लागू भएसंगै सवै वडामा लागू भएको छ।” यातायातको पहुँच रहेका स्थान र शाखा कार्यालयमा पुगेर सेवा लिन सक्ने क्षेत्रका नागरिकले वैंकको शाखा कार्यालय बहानेवाटै सेवा लिनेछन भने दुर्गम क्षेत्रहरुमा वैंकका कर्मचारी हरु पुगेरै सेवा प्रदान गर्ने वैंक र गाउपालिकाविच सहमती भएको छ।

वर्डा नं १ स्याउलिवाङस्थित कार्यालयमा शनिवार एक कार्यक्रम गरि उक्त कार्यको सुरुवात गरिएको छ। वर्डा नं १ का वर्डा अध्यक्ष शेर बहादुर सेन ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारी प्रमुख अथिती रहनुभएको थियो। भने वडा-वडामा पुगेर सेवा दिन गाँउपालिकासंग सहकार्य गरिरहेको नेपाल ईन्भेष्टमेन्ट वैंक बहाने शाखाका प्रमुख सुवास भण्डारी विशिष्ट अथिती रहनुभएको थियो। कार्यपालिका सदस्य लाल प्रसाद सेरचनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन वडासचिव अशोक चौधरीले गर्नुभएको पर्वत केसी ले जानकारी दिनुभएको छ।

सवै वडाहरुमा पुगेर सेवा दिन्छौं: भण्डारी
वैंकको शाखा कार्यालय बहानेमा पुगेर सेवा लिन नसक्ने जेष्ठ नागरिकका लागि सवै वडामा पुगेर सेवा दिने नेपाल ईन्भेष्टमेन्ट वैंक वहाने शाखाका प्रमुख सुवास भण्डारीले वताउनु भएको छ। गाँउपालिकासंग सहकार्य गरि सवै वडाहरुमा पुगेर अशक्त नागरीकलाई वैंकिङ प्रणालिमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उहाले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...