News Portal

रेडियो सुन्नुहोस्

स्याउलिवाङमा पहिलोपटक वैंकिङ प्रणालिवाट सामाजिक सुरक्षा भत्ता वितरण

नौवहिनीका सवै वडाहरुमा वैंकिङ प्रणालिवाट सामाजिक सुरक्षा वितरण: प्रप्रअ भण्डारी

सिखबर संवाददाता१६ कार्तिक, प्यूठान
१६०० पटक
१६ कार्तिक, प्यूठान

नौवहिनी गाँउपालिकाको सवैभन्दा विकट क्षेत्र मानिने वर्डा नं १ स्याउलिवाङमा पहिलोपटक वैंकिङ प्रणालिमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
नौबहिनी गाउँपालिका र नेपाल ईन्भेष्टमेण्ट बैक लि. बहाने शाखा प्यूठानको सहकार्यमा स्याउलिवाङमा पहिलोपटक बैंकिङ प्रणाली मार्फत सरकारले विभिन्न लक्षित वर्गलाई उपलव्ध गराउदै आएको सामाजिक सुरक्षा वापतको रकम वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले वताउनु भयो। दुर्गम क्षेत्रमा वसोवास गर्ने र वैंकको शाखामा पुग्न असहज अवस्था रहेका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको सहजताका लागि वर्डाहरुमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम राखिएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले वताउनु भयो। उहाँका अनुसार यो वर्षदेखी नौवहिनी गाँउपालिकाका सवै वडाहरुमा वैंकिङ प्रणालिअन्तरगत सामाजिक सुरक्षा भत्ता वितरण थालिएको छ। “सरकारको सामाजिक सुरक्षा वापतको रकम वैकिङ प्रणालिवाट भुक्तानि गर्ने नीति वमोजिम नौवहिनी गाँउपालिकामा पनि वैंकिङ प्रणालिवाट भत्ता वितरण गरिएको हो” भण्डारीले भन्नुभयो -“गतवर्ष ५ वडामा वैंकिङ प्रणालिवाट वितरण गरिएको थियो। यो वर्ष १, २ र ३ वडामा पनि लागू भएसंगै सवै वडामा लागू भएको छ।” यातायातको पहुँच रहेका स्थान र शाखा कार्यालयमा पुगेर सेवा लिन सक्ने क्षेत्रका नागरिकले वैंकको शाखा कार्यालय बहानेवाटै सेवा लिनेछन भने दुर्गम क्षेत्रहरुमा वैंकका कर्मचारी हरु पुगेरै सेवा प्रदान गर्ने वैंक र गाउपालिकाविच सहमती भएको छ।

वर्डा नं १ स्याउलिवाङस्थित कार्यालयमा शनिवार एक कार्यक्रम गरि उक्त कार्यको सुरुवात गरिएको छ। वर्डा नं १ का वर्डा अध्यक्ष शेर बहादुर सेन ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारी प्रमुख अथिती रहनुभएको थियो। भने वडा-वडामा पुगेर सेवा दिन गाँउपालिकासंग सहकार्य गरिरहेको नेपाल ईन्भेष्टमेन्ट वैंक बहाने शाखाका प्रमुख सुवास भण्डारी विशिष्ट अथिती रहनुभएको थियो। कार्यपालिका सदस्य लाल प्रसाद सेरचनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन वडासचिव अशोक चौधरीले गर्नुभएको पर्वत केसी ले जानकारी दिनुभएको छ।

सवै वडाहरुमा पुगेर सेवा दिन्छौं: भण्डारी
वैंकको शाखा कार्यालय बहानेमा पुगेर सेवा लिन नसक्ने जेष्ठ नागरिकका लागि सवै वडामा पुगेर सेवा दिने नेपाल ईन्भेष्टमेन्ट वैंक वहाने शाखाका प्रमुख सुवास भण्डारीले वताउनु भएको छ। गाँउपालिकासंग सहकार्य गरि सवै वडाहरुमा पुगेर अशक्त नागरीकलाई वैंकिङ प्रणालिमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उहाले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...