News Portal

रेडियो सुन्नुहोस्

श्रीमतीको मोवाईलको सहयोगमा दिपक मनाङ्गे पक्राउ

सिखबर संवाददाताकाठमाण्डौ
१६८६ पटक
काठमाण्डौ

काठमाडौं । नेकपा एमालेका प्रदेस सभा सदस्य दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रहरीको फरार सूचीमा रहेका गुण्डा नाईके मनाङलेलाई प्रहरीले विहीबार महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाका अनुसार मनाङेलेलाई प्रहरीले स्वयम्भु अासपासबाट पक्राउ गरेको छ । उनले श्रीमतीको नाममा दर्ता भएको मोवाइल प्रयोग गरेकै कारण प्रहरीलाई पक्राउ गर्न सजिलो भएको हो । केही दिनदेखि बन्द भएको उक्त मोवाइल नम्बर बैशाख १ गतेदेखि सक्रिए भएपछि प्रहरीले खोजीकार्य बढाएको थियो । फोन ट्रयाकिङकै अाधारमा प्रहरीले मनाङे बस्दै अाएको घर पत्ता लगाएको थियो ।

अाज साँझ भएको कारण भोलि (शुक्रबार) नै मनाङेलाई फैसला कार्यान्वयका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइने प्रहरीको भनाई छ ।सर्वोच्च अदालतका तत्कालिन न्यायाधीशद्वय दीपक राज जोशी र पुरुषोत्तम भण्डारीको इजलासले कर्तव्य ज्यान मुद्दामा २०६९ साल साउन २८ गते पाटन पुनरावेदन अदालतले दोषी ठहर गर्दै सुनाएको ५ वर्ष कैद सजायलाई सदर गरेपछि मनाङे फरार थिए। फरार मनाङेलाई पक्राउ गर्न नेपाल प्रहरीको तीन टोली परिचालित थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी कार्यालय र काठमाडौं परिसरको टोली छुट्टा छुट्टै मनाङेलाई खोजी गर्दै आएको थियो। साल साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो।तर,लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएपछि प्रहरीले मनाङेको खोजी थालेको हो।

२०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो। सोही मुद्दामा घटनामा संलग्न अन्य अभियुक्तहरू रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो।

कर्तव्य ज्यान मुद्दामा पाटन पुनरावेदन अदालतबाट रेवती कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाले सफाइ पाएपछि सरकारले २०७० जेठमा सर्वोच्च अदालतमा पुनरावलोकन माग गर्दै निवेदन दर्ता गरेको थियो। २०७० साल जेठ १० गते दर्ता भएको पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले पुनरावेदन अदालत, पाटनकै फैसला सदर गरेको थियो।उनको खोजी गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली खटिएको थियो।

यसअघि जिल्ला अदालत काठमाडौंको फैसलाबमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन्। जिल्ला अदालतको फैसलापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेलाई सजाय कम भएको दाबी गर्दै समूहविरुद्ध पुनरावदेन अदालत पाटनमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले पाटन पुनरावेदनकै फैसला सदर गरेपछि उनीहरू चार जनालाई यस मुद्दामा सफाइ मिलेको छ। तर, पाटन पुनरावेदनले दोषी ठहर्याएका मनाङेले भने पाँच वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ।

प्रदेश सभा सदस्यमा नेकपा एमालेको सहयोगमा मनाङेले मनाङबाट निर्वाचित भएका थिए ।

मनाङेलाई पक्राउ गरेसँगै सरकारको नेतृत्व गरेको नेकपा एमालेले नवराज सिलवाललाई काख र मनाङेलाई पाख गरेको चर्चा सुरु भएको छ । सिलवालमाथि लगाइएको मुद्दा ढिसमिस पारेर काख राखेको र मनाङेलाई काठमाडौं बोलाएर पक्राउ गराएको पनि चर्चा चलिरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...