News Portal

रेडियो सुन्नुहोस्

पोख्रेलद्वारा जन्मदिनको अवसरमा विपन्न परिवारलाई सहयोग

सिखबर संवाददाता१२ पौष, प्यूठान
१६६९ पटक
१२ पौष, प्यूठान

नेपाली कांँग्रेसका महाधिवेशन प्रतिनिधी प्रमोद पोख्रेलले आफ्नो जन्मदिन विपन्न परिवारसंग मनाउनु भएको छ। पुर्वपत्रकार एवं गत स्थानिय निर्वाचनमा झिमरुक गाउँपालीकाका अध्यक्ष पदका उम्मेद्धार समेत रहनुभएका पोख्रेलले आफ्नै गाँउपालिकामा रहेका २ दलित विपन्न परिवारलाई सहयोग गरेर जन्मदिन मनाउनु भएको हो।

झिमरुक गाँउपालीका वर्डा नं ३ आहालखोलामा रहेका फेतिदेवी कामी र फुर्सी सुनारलाई उहाँले खाद्यान्न सहयोग गर्नुभएको छ। जन्मदिनको दिन रमाईलोमा गरिने खर्च नगरेर आफ्नै गाँउका विपन्न एवं दलित परिवारलाई सहयोग गरि जन्मदिन मनाएको पोख्रेलले वताउनु भयो। उहाँले दुई परिवारलाई प्रतिपरिवार ५० किलो चामल सहित  २ किलो दाल, तेल, नुन, भुजा लगायतका खाद्यसामाग्री दिनुभएको छ।

वाह्र वर्षअघी घरमा आगलागी भएपछी अर्काको घरमा वस्दै आउनुभएकि फेतीदेवी कामी र विपन्न फुर्सी सुनारले जन्मदिनको अवसरमा आफुहरुलाई सहयोग गरेकोमा पोख्रेललाई धन्यवाद दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...