News Portal

रेडियो सुन्नुहोस्

व्यवस्थामाथी प्रश्न उठ्ने खतरा वढ्दैछः सांसद खडका

सिखबर संवाददाता
११०९ पटक

लुम्विनी प्रदेशका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले पछिल्लो समय संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध व्यवस्थाविरोधी तत्वहरु सलवलाउन थालेकाले व्यवस्थामाथी प्रश्न उठ्ने खतरा उत्पन्न भएको वताउनु भएको छ।

प्यूठान जिल्लाको तेश्रो जिल्ला सभालाई प्रमुख अथितीको रुपमा सम्वोधन गर्नुहुँदै खड्काले नेपाली जनताले लामो संघर्ष र वलिदानीवाट ल्याएको व्यवस्थामाथी उठ्ने प्रश्नहरुको सन्दर्भमा सवै राजनितीक दलहरु गम्भिर हुनुपर्ने वताउनु भएको थियो।

संघियतासंगै जनताको घर दैलोमा सरकार पुगेको भन्दै उहाँले स्थानिय तहहरुविच समन्वय र सहकार्यका साथै समन्वयको सन्दर्भमा जिल्ला सभाले लिने निर्णहरु रणनीतिक महत्वका हुने वताउनु भयो। जिल्ला समन्वय समितिको भुमिकालाई प्रभावकारी वनाउदै सभाले साझा धारणाहरु तय गर्नुपर्ने विषयमा एकमतका साथ महत्वपुर्ण निर्णय लिनसक्ने वताउँदै जिल्लासभा सफलताको शुभकामना दिनुभयो।
विशिष्ट अथिती प्रदेशसभा सदस्य तारा जि.सी. ले संघियताको सन्दर्भमा सोच्नुपर्ने वेला आएको वताउनु भयो। प्रदेशसभाले वनाउनुपर्ने विभिन्न कानुनहरु वनाउन वाँकी रहेकाले कानुन निर्माणको काम छिटै सम्पन्न हुने वताउनु भयो।

जिल्लासभाका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले जिल्ला समन्वय समितिले स्थानिय तहहरुको विचमा गर्नुपर्ने समन्वयात्मक कार्यहरु प्रभावकारी रुपमा अगाडी वढाउनुका साथै जनतासंग जोडिएका विभिन्न विषयमा प्रभावकारी रुपमा सम्पन्न गर्न अनुगमन, समन्वय लगायतका कार्यहरु गरेको वताउनु भयो। कोरोना भाईरस महामारीको श्रृजना भएसंगै जिल्लाभर कोरोना नियन्त्रणका लागी नितिगत एकरुपता ल्याउन सरोकारवालाहरुविच छलफल र समन्वयत्मक रुपमा गरिएको कामले कोरोना नियन्त्रणमा महत्वपुर्ण भुमिका खेलेको वताउनु भयो।

अथितीहरुलाई जिल्ला सभाको तर्फवाट जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सचिव देवेन्द्र वह्मा, राष्टिय जनमोर्चाका अध्यक्ष कृष्ण खड्का, जनता समाजवादी पार्टीका श्याम गहतराज, प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल, नेपाल पत्रकार महासंघका सचिव विजयसिंह भारती लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
स्थानिय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, जिल्ला समन्वय समितीका सदस्यहरु, सञ्चारकर्मीहरु लायतको उपस्थिती रहेको उद्घाटन सत्रको सञ्चालन हरि भण्डारीले गर्नुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...