News Portal

रेडियो सुन्नुहोस्

सफल हुने सुत्र मेहनत हो, काम सांच्ने हैन गरिहाल्नु पर्छ ः खनाल

अन्तरवार्रता मधुसुदन पाेख्रेल
१३५४ पटक
  • सुर्यचन्द्र खनाल
    बस्तुगत सदस्य
    उद्योग वाणिज्य संघ,
  • प्यूठानतपाईको परिचय भनिदिनुस न ?
    मेरो नाम सुर्यचन्द्र खनाल हो मेरो घर पहिले कपिलबस्तुमा हो व्यपारको शिसिलामा म प्यूठान आए र अहिले प्यूठान नगरपालिका ४ विजुवारमा बस्तै आएको छु । म हाल प्यूठान उद्योग वाणिज्य संघको बस्तुगत सदस्य बाट निर्वाचित कार्यसमिति सदस्य हुँ साथै हार्डवयर व्यवसायि संघ प्यूठानको महा–सचिव पनि हँु । म प्यूठान जिल्ला रेडक्रस उपशाखा विजुवार इलाका अन्र्तरगतको कार्य समिति सदस्य पनि हुं । र अहिले फर्निचर उद्योग तथा हार्डवर व्यपारमा पनि संलग्न पनि छु । मेरो घर मा आमा ,श्रीमती म संगै हुनुहुन्छ ।
    व्यवसायमा कहिले देखी लाग्नु भयो ?
    सामान्यतया भन्नुपर्दा म वाल्यकाल बाटै व्यवसायमा अधिकरुची राख्दथें म आफु कक्षा ८ मा पढ्दाबाटै व्यवसायको विषयमा मेरो बुवा संग रहेर व्यवसायिका कुराहरु सिक्ने मौका पाएको थिए । मेरो एस.एल.सी.पास पछी मेरो व्यापारिक जिवन सुरुवात भएको हो । मेरो बुवा २०५२ सालमा प्यूठान जिल्लामा आएर फर्निचर व्यवसायी सुरुवात गर्नु भयो सुरुवाती क्रममा धेरै अफ्ठ्यारा तथा चुनौतिहरु पार गर्दै म २०६५ सालमा यस प्यूठानको सुन्दरनगरी विजुवार क्षेत्रमा आएर हार्डवयर व्यवसाय सुरु गरे त्यस पछि २०६६ साल बाट आफै हेन्डेलिङ गरी बुवाको साथमा व्यवसाय अगाडि बढाउने मौका मिल्यो । यहि विचमा पनि धेरै चुनौतिहरु पार गर्दै आज सम्म प्यूठानी जनताको साथ सहयोगका साथै आज सम्म म यस जिल्लामा आफुलाई व्यवसायी संगै सामाजिक क्षेत्रमा पनि अतुलनीय योगदान पुर्याउदै आएको छु ।
    तपाइको उद्योगबाट कतिले रोजगार पाएकाछन र कति वार्षिक कति आम्दानी गर्नु हुन्छ ?
    मेरो उद्योगमा हाल सम्म १० जना कामदार रहेका छन जसमध्य प्यूठानका स्थानीय बासिन्दा ४ जना र बाकी वाहिरी जिल्लाका रहेका छन । सवैको खर्च कटाएर उद्योगबाट र हार्डवयर व्यवसायबाट वार्षिक आम्दानी ६ लाख जती बचत गर्ने गरेको छु र कमाइको अन्दाजी १० प्रतिशत सामाजिक कार्यमा लगाउने गरेको पनि छु ।
    सामाजिक काम केके गर्नु भयो ? सम्झनलाएक कुराहरु केके हुन
    म आफु सानैबाट सहयोगको भावना राख्दथे मेरो सामाजिक कामहरु प्यूठान जिल्लामा रहेको वृद्धाआश्रममा सहयोग,प्यूठान नगरपालिकाको जग्गा खरिदमा सहयोग,विजुवार रेडक्रश सोसाइटी उपसाखामा सहयोग, लकडाउनको समयमा झन्डै एक लाख भन्दा बढी विभिन्न क्षेत्रमा सहयोग त्यस पछी कतिपय विद्यालयका वालवालीकाहरुलाई पुस्तक ,कपी कपडा झोला खरिद गरिदिने आदी काम गर्दै आएको छु ।
    व्यवासाय संगै सामाजिक काम गर्नु पर्छ भन्ने प्रेरण कहावाट आयो ?
    सामाजिक काम गर्नु पर्छ भन्ने कुरा मेरो बुवा बाटै सिकेको हुं मेरो बुवा २०६२ सालमा प्यूठान जिल्लमा रहेको साई केन्द्रमा लाग्दा बुवाको खटन पटन देख्दा मलाइ पनि यो काम गर्नु पर्छ सवैलाइ सहयोग गर्नु पर्छ भन्ने लाग्यो र म आफुले अहिले सम्म सहयोगी भावना हुनु पर्छ भन्ने लाग्छ र म सहयोगी हातहरु अगाडी बढाउछु ।
    सामाजिक क्षेत्रमा रुची त देखीयो तर व्यापार गर्दा कालो धन भित्राउन त पछी पर्नु हुन्न नी ?
    मलाई भ्रष्टचार घिणा लागेर आउछ । आज सम्म मैले मेरो आफ्नो हातबाट भ्रष्टचार गरेको पनि छैन र भ्रष्टचारीलाई सहयोग गर्ने साथ दिने समर्थन गर्ने मानिसलाई पनि म त्यसको विरोध संगै घिणा गर्छु । म यस्तो काम गर्दा पनि गर्दिन गर्नेका लागि म सधै विरोध गर्छु । दुख गर्ने का लागि प्रेरेणा र हौसला पनि प्रदान गर्दछु ।
    उद्योग वाणिज्य संघमा पनि आवद्ध हुनुहुन्छ यहा साना व्यापारीलाई ठुलो व्यापार गर्नेले क्वापै खाला जस्तो गर्छन त यसमा तपाइको भुमिका के रहन्छ ?
    म प्यूठान उद्योग वाणिज्य संघमा आवद्ध हुनुको प्रेरेणा मेरो हार्डवर व्यवसायी संघका साथहिरु साथै संघका अध्यक्ष रमेश पौडेलबाट म यस संस्थामा आवद्ध हुने र मेरो पाटी नेकपा एमाले ले मलाई टिकट प्रदान गरेर म यहा सम्म आएको हु । व्यापारमा साना र ठुला भन्ने हुदैन सानो पुजी लगाएर बसेको व्यपारी पनि साहु हो ठुलो पुजी लगाएर बसेको व्यापारी पनि साहु हो । यि विचमा थोरै पुजिको कारणले गर्दा व्यापारीमा मत भिन्नता देखिएको छ । यसै कुरालाई लिएर प्यूठान उद्योग वाणिज्य संघले व्यापार विशिष्टी करणको धारणालाई अगाडि बढाएको छ । जस अन्तरगत स्वर्गद्धारी नगरपालिका र प्यूठान नगरपालिका मा अन्तरकृया छलफल समोन्वय भुमिका निर्वाह गर्न यसको निणय पनि संघमा भैसकेको छ । तपाइले भने जस्तो ठुला व्यापारीले साना व्यापारीलाई क्वापै खाएको भनाइमा म सहमत छैन यो कुरा हुन सक्छ की बाजेका पाला बाट व्यवसायी सुरु गरी बसेका र अहिले आफुले र यो पुष्ताले व्यवसायी सुरु गर्दा केहि दुख कस्टहरु चाहि पक्कै पनि छन यसको समाधानका लागि ठुला व्यापारीले साना व्यापारीलाई सहयोगको भावना राखेन भने अवको दिनमा सानो पुजीं लगाएर वयवसाय सुरु गर्नु भनेको फलामका चिउरा चपाउनु जस्तै हो । यसमा मेरो भुमिका सवै व्यवसायहरु सम्मान रुपमा मिलेर जानु पर्छ भन्ने हो ।
  • व्यापारमा पनि राजनीति हुन्छ रे त ?
    हा हा यो अचम्मको प्रस्न उठाउनु भयो त साच्चै तपाइले भने जस्तै हो भने राजनीति नगर्ने मानिसहरुले व्यापार गर्न सक्दैनन त ? यो मलाइ अलि कुरा अनौठो नै लाग्यो तर नभएको चै हैन यो विचको पिरेडमा मैले केहि अनुभुतीहरु लिएको चै छु तर यो कुरा व्यापारमा राजनीति लगाइयो भने राजनिती जस्तै व्यापार पनि फोहोरी खेल जस्तै हुन्छ । तसर्थ भुलेर पनि व्यापारमा राजनीति नगरौ राजनिती र व्यापार भनेको एक आपसमा कुनै पनि क्षेत्रमा मेल खादैन ।
    अन्तमा व्यवसायीको हक हितका लागि के गर्नु पर्छ र अवको बजार कस्तो हुनु पर्छ ?
    मुख्य तया देशको कानुनमा रहेर आफुले जुन सुकै कामहरु पनि गर्नु पर्छ म प्यूठान उद्योग वाणिज्य संघको बस्तुगत सदस्य र हार्डवयर व्यवसायी संघ प्यूठानको महा सचिवको हैसेतमा भन्नु पर्दा व्यापारीले पहिले आफ्नो आर्थिक कुरामा ध्यान दिन जरुरी हुन्छ आर्थिक पाट भन्नाले व्यवसायिको पहिलो गुण हो । आर्थिक विना व्यवसायी असम्भव छ । जो व्यापारी आर्थिकमा समृद्ध हुन्छ सो व्यापारीले हरेक देशका कानुन देखि लिएर हरेक क्षेत्रमा आफुले आफलाइ अव्वल सावित गराउन पनि सक्दछ । भन्नु को मतलव आर्थिकले व्यक्तिगत आथचारणको पहिचान दिलाउछ । कुनै पनि व्यवसायीले व्यपार गर्दा कर सम्वन्धी ज्ञान लिन जरुरी छ । यदि सो बारेमा ज्ञान प्राप्त भएन भने आफुले वर्षै देखि कमाएको पैसा करकार कारणले नष्ट पनि हुन सक्छ । यसका लागि व्यापारीले व्यापार गर्नु भन्दा अगाडि कर शिक्षा तालिम लिई व्यापार गर्न पनि आभान गर्दछु साथै व्यापारीको उदेश्य पैसा कमाउनु मात्र हैन आफ्नो आनी बानी सामाजिक क्षेत्र लगाएत हरेक क्षेत्रमा आफुले आफुलाई अव्वल सावित पनि गर्नु पर्दछ त्यो भयो भने मात्रै व्यवसायमा केहि सफलता हासिल गर्ने सकिन्छ ।
    अवको बजार व्यपस्थापन गर्न विशिष्टिरणमा ध्यान दिनु पर्छ यदि यसो गरिएन भने माथि तपाइले भनेको जस्तै ठुला व्यापारीले पुजीको दम्भ देखाएर सवै सामान एकै ठाउमा राख्न पनि सक्छन त्यसैले म यहि पत्रीका मार्फत यस प्यूठान जिल्लमा रहनु भएका या नेपालमा रहेका सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ आवान गर्छु की यि सवै कुराहरु राज्यलाई झगझकाएर यस कार्यमा राज्यलाई आफ्ना गुनासाहरु सुनाउन जरुरी ठान्दछु ।
  • अवका दिनहरमा तपाइका उदश्य के छन
    मेरो सानै देखीको रुची आफु बसेको ठाऊँ र आफ्नै देशमा केहि गरौ भन्ने छ । देशमै रहेर एउटा ठुलो उद्योगको मालिक बनेर धेरै वेरोजगार कामदारलाई रोजगार दिई राज्यको औद्योगिक नितिमा साथ दिने विचार छ ।
    अन्तमा के भन्न चाहानु हुन्छ ?
    अन्तमा म यस झुलेनी पत्रिकालाई मेरा विचारहरु राख्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहान्छु साथै सवै युवाहरु आफ्नै देशमा केहि गर्नु पर्छ भन्ने उदेश्य सवैले लिनु पर्छ काम गर्नका लागि कुनै श्रम मान्ने हैन म केहि गरेर देखाउछु भन्ने सपना देख्नु पर्छ कुनै कुरा पनि असम्भव भन्ने छैन सपना देख्नु नै महान्ता हो त्यसैले मेहनत गरौ सपना आफै पुरा हुन्छ गर्न चाहेको कुरा गरि हालौ पछी नहटौ । धन्यवाद
प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् ।...

लुङ रिजाल बन्धुहरुकाे देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी