News Portal

रेडियो सुन्नुहोस्

अमेरिकाको अलास्कामा ५० वर्षयताकै शक्तिशाली भूकम्प

एजेन्सी  १४ साउन २०७८ प्यूठान
६२७ पटक
  १४ साउन २०७८ प्यूठान

अमेरिकाको अलास्कामा पछिल्लो ५० वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । अलास्काको समुद्री क्षेत्रमा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको सीएनएनले जनाएको छ ।

अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ । अलास्काको सबैभन्दा ठूलो कोडियक नगरका मेयर प्याट ब्रानससले अहिलेको भूकम्प सन् १९६४ यताकै शक्तिशाली भएको सीएनएनलाई बताउनुभएको छ ।

मियामीको वायुमण्डल विज्ञान विभागका विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगी ब्रायन म्याकोल्डिले उत्तर अमेरिकामा ८ दशमलव ७ रेक्टर स्केलको भूकम्पपछि आजको भूकम्प सबैभन्दा ठूलो भएको बताउनुभएको छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् ।

भूकम्पको केही समयपछि समुद्रमा ठूला छाल आएपछि सुनामीको चेतावनी जारी गर्दै नागरिकलाई अग्लो ठाउँका सार्वजनिक भवनमा राखिएको थियो । समुद्रमा एक फिटभन्दा अग्लो गरी छाल आउने क्रम रोकिएपछि सुनामीको चेतावनी भने हटाइएको छ । तर तटीय क्षेत्र र सामुद्रिक टापुका हजारौँ नागरिक सुनामीको डरले उच्च भागमा पुगेका छन् ।

अझै ठूला परकम्प आउन सक्ने भएकाले सतर्क भएर बस्न अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र र राष्ट्रिय सुनामी चेतावनी केन्द्रले आग्रह गरेका छन् ।

 

-उज्यालाेबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...