News Portal

रेडियो सुन्नुहोस्

९० प्रतिसत अपराध मदिराको नसामा

सिखबर संवाददाता७ असार, प्यूठान
१३८८ पटक
७ असार, प्यूठान

जिल्लामा अधिकांस अपराधका घटनाहरु मदिराको नसामा हुने गरेका छन्। जिल्ला प्रहरि कार्यालयको तथ्यांक अनुसार ९० प्रतिसत अपराधका घटनाहरु मदिराको नसामा हुने गरेको जिल्ला प्रहरी प्रमुख(डिएसपी) राजेन्द्र पोख्रेलले वताउनु भयो।

“अधिकांस अपराधका घटनाहरुको अध्ययन गर्दा घटना घटाउने व्याक्तिले कुनै न कुनै प्रकारको मदिरा वा नसालु पदार्थ सेवन गरेको देखिन्छ” डिएसपी पोख्रेलले भन्नुभयो– “जिल्लामा ९० प्रतिसत अपराधका घटनामा संलग्नहरुले घटना घटाउने वेला मदिरा वा लागुपदार्थ सेवन गरेका हुन्छन्।”

पछिल्लो समयमा जिल्लामा अपराध र विभिन्न प्रकृतीका मुद्धाहरु दर्ता हुने संख्या वढ्दो छ। चालु आर्थिक वर्षमा मात्रै जिल्लामा अपराधसम्वन्धि २ सय ५९ मुद्धा दर्ता भएका छन्। दर्ता भएका १४६ मुद्धा फर्छयौट भएका छन् भने ११३ मुद्धाहरु वांकी छन्। गत आ.व. २०७३/०७४ मा १६२ मुद्धा दर्ता भएका थिए।

टोलटोलमा प्रहरी अभियान अन्र्तगत सञ्चारकर्मिसंग छलफल तथा अन्तरक्रिया कार्यक्रममा वोल्दै डिएसपी पोख्रेलले प्रहरी प्रतिको जनविश्वास र प्रहरीको सक्रियता वढेका कारण उजुरी र अपराधको घटना दर्ता वढेको वताउनु भयो।

प्रहरीले अहिले जिल्लाका विभिन्न मुख्य वजारक्षेत्र, गाउँपालिकाहरुमा सडक नाटक, सांगितिक कार्याक्रम, भिडियो प्रदर्शनी लगायत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...