News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बाग्दुला-बाहानेसम्मको यात्रा कहिले होला सहज ?

झुलेनी नेटवर्क२०७८ असौज ५
१४९९ पटक
२०७८ असौज ५

उत्तरी प्यूठानको मुख्य व्यापारी केन्द्र बाहाने बजार पुग्ने मुख्य सडकमा यात्रा गर्न निकै सास्ती हुन्छ । हिजोआज जहिँतहिँ खाल्डा खुल्डिले सडक खेतका गहरा जस्तै छ । सडकमा पानी नजमेको देख्नको लागि हिउँद नै पर्खनुपर्छ । सडकको दुरी बाग्दुला देखि बाहाने सम्म १३ किलोमिटर मात्र हो । यो दुरी पार गर्न पैदल त मुस्किलै पर्छ नै गाडीमा सवार गर्दा समेत कम्ति सास्ती हुँदैन ।

वर्षा लाग्यो कि सधंै हिलाम्य, हिउँदमा टिप्परले उडाउँदा धुलोले धुलाम्मै हुन्छ । नौबहिनी ८ लुप्लुङबाट चुनढुङ्गा खानीमा ओहोर दोहोर गर्ने ट्रिपरले बाटो बिगार्छ । खानी उत्खनन् मार्फत कर असुल्ने सरकारले सडकमा प्रयाप्त बजेट बिनियोजन नगर्नाले सडक सुधार हुन सकेको छैन । ट्रिपर हिँड्नका लागि दम्तीदेखि माथि बैकल्पिक सडक छैन । यहाँ अन्य सार्वजनिक सवारी बाहेक दैनिक दर्जन बढी ट्रिपर सहित ओहोर दोहोर गर्छन् ।

कच्ची सडक, बाटोको कुनामा नालीको राम्रो व्यवस्था नहुनु, ठाडो खोलो समेत यसै बाटो भएर बग्ने हुनाले यो सधै हिलाम्य हुने गरेको स्थानीयको गुनासो हुन्छ । चुनढुङ्गा खानी निस्कने ठाउँ अँधेरीदेखि बाहाने सम्मको हालत पनि उस्तै छ । सरकाले गाउँपालकीको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने भन्ने योजना अगाडि सारेको थियो । तर, यहाँ कार्यन्वयन भएको छैन ।

मोटरसाइकल र पैदल यात्रुलाई यो सडकमा यात्रा गरेपछि पूनः फर्केर नआउँ भन्ने जस्तै हालतको सडक छ । खाल्डा खुल्डिमा जम्मा भएको पानी सवारी साधनले छचल्काउँदा सधै असार पन्ध्रको रोपाइको अनुभव स्थानीयले गर्छन् । प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकाको क्षेत्रमा पर्ने यो सडकमा केहिँ सास्ति विनाको यात्रा गर्न हिउँद कुर्नुपर्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...