News Portal

रेडियो सुन्नुहोस्

कविता (किसान)

किरण पोख्रेल (एक वसन्त)२०७८ कार्तिक ०९, प्यूठान
२४५४ पटक
२०७८ कार्तिक ०९, प्यूठान

दशा बनेर आएको दशै,
खुसिले बिदा गर्दै थियो।
लाग्छ उसको नसिबमा,
कहिल्यै खुसी लेखेकै छैन।
बढ्दो महँगाइ,
बेरोजगारी परिवार,
रोग भोग र शोक,
खाली उसले भोगेको छ।
इमान र इज्जतले बाच्न चाहान्छ ऊ,
मैलो हातले,
धेरै पटक मतपत्रमा छाप हानिसक्यो,
उस्को छापले सत्ता बदलियो।
तर,बिडम्बना,
उसको जिवन बदलिएन।

छोरालाई धेरै पढाउने सपना,
छोराले जागिर गरेको देख्ने सपना,
बाजा बजाएर छोरिको बिहे गर्दिने सपना,
श्रीमती र छोरीको बुच्चे कान भर्दिने सपना,
बर्षदिनमा एक जोर कपडा फेर्ने सपना,
सपना उसको सपनै रह्यो,
भगवानले उसको सहनशीलताको परीक्षा,
पटक पटक लिएका छन्।

सधैं धेरै अङ्क लिएर पास भएको छ ऊ,
तर उसको आजको परिक्षा फरक छ,
आज दैवले फेरि कठोर परिक्षा लिदैछ्न।
यो परिक्षामा पनि पास गराउनु छ,
किसानलाई हौसला दिनु छ।
हाम्रो साथको खाँचो छ उसलाइ,
भगवानलाई यो देखाउनु छ कि,
किसान एक्लो छैन।
सम्पुर्ण नेपाली किसानको साथमा छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...