News Portal

रेडियो सुन्नुहोस्

गाउँ गाउँमा बन्दै सिंहदरवार

मल्लरानीले जग्गा पायो, गौमुखीले टेण्डर गर्दै

एलबी थापा
१५९५ पटक

जिल्लाका सबै स्थानीय तहले सिंहदरवार बनाउने कार्यलाई धमाधम तिब्रता दिइरहेका छन् । जिल्लाको मल्लरानी गाउँपालिका बाहेक सबै गाउँपालिकाको अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण प्रक्रिया थालिएको छ । केहिँले भवन निर्माण सम्पन्न गर्ने तयारीमा छन् भने भवन निर्माणको प्रक्रियामा रहेका छन् । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमै सबै पालिकाको ‘सिंहदरबार’ तयार हुने भनिएको थियो ।

जिल्लाका ९ स्थानीय तह मध्ये प्यूठान नगरपालिकाले सबैभन्दा पहिले आफ्नो प्रशासनिक भवन बनाएको हो । २० वटा भन्दा बढी कार्यकक्ष रहेको भवनमा नगरपालिकाले २०७६ बैशाख महिनाबाट प्रशासनिक काम थालेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।

नेपाल सरकारबाट भवन निर्माणको लागि आ.व. ०७१÷७२ मा १ करोड प्राप्त भएको थियो र वहुवर्षिय योजनाको रूपमा कार्य सम्पन्न भएको भवन निर्माणमा ४ करोड ४८ लाख ५३ हजार रुपैयाँ बरावर खर्च भएको उनले बताए ।
प्युठान नगरपालिका वडा नम्वर ४ बिजुवारमा ३ हजार ५ सय ६१.३६ वर्ग मि. क्षेत्रफल बरवरको जग्गा छ । नव निर्मित भवन ७ सय १३.८४ वर्ग मिटर क्षेत्रफलमा निर्माण भएको प्रशासकिय भवन भुकम्प प्रतिरोधात्मक रहेको छ ।

सरुमारानी गाउँपालिकाले पनि आफ्नै प्रशासकिय भवन निर्माण गरी २०७८ को जेठ महिनाबाट आफ्नै भवनबाट सेवा दिइरहेको छ । आफ्नै भवनबाट सेवा दिने गाउँपालिकामध्ये सरुमारानी पहिलो गाउँपालिका हो । गाउँपालिकाले बड्डाँडामा आफ्नै भवन बनाएको गाउँपालिका अध्यक्ष झक बहादुर बिश्वकर्माले बताए । उनका अनुसार भवनको पहिलो भुइतल्ला बनाउन १ करोड २६ लाख १७ हजार रुपैयाँ खर्च भएको छ भने दोस्रो तल्ला बनाउन करिब ६५ लाख रुपैयाँ लागत लागेको थियो ।

हाल दिइरहेको सेवालाई निरन्तरता दिन अहिलेको १३ कोठे भवन अपुग भएकाले करिव ४ तल्ला सम्म बनाउन सके सेवाग्राहीलाई सहज तरीकाले सेवा दिन सकिने प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले बताए । ‘अहिले एउटै कोठामा टेबल कुर्चि राखेर खादिएरै सेवा दिइरहेका छौं’ उनले भने, ‘पालिकामा आफ्नै शाखा बाहेक धेरै क्षेत्रका काम गर्नुपर्ने भएकाले कार्यकक्ष अपुग भएको छ ।’

माण्डवी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न हुने प्रक्रियामा रहेका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए । ‘भवन निर्माण सकिइ सकेका छौं’, अध्यक्ष रोकाले भने, ‘मंसिर र पुस महिनाभर फिनिसिङ सक्काएर माघ महिनाबाटै आफ्नै भवनबाट काम थालनी हुनेछ ।’ यहाँको भवन हल सहितको २२ कोठे ढाई तल्लाको निर्माण भएको छ ।

‘अहिलेलाई प्रशासनिक भवन मात्र निर्माण भएको हो’, प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले भने, ‘आवासीय नभएकाले प्रशासनिक कामको लागि प्रयाप्त मात्रामा कार्यकक्ष बन्नेछन् ।’ रिजालका अनुसार करिव ५ करोड ५० लाख बरावरमा भवन निर्माण भएको हो ।

ऐरावती गाउँपालिकाले वडा नं. २ को बरौंला ददेरीपाटामा भवन निर्माण भइरहेको छ । पहिलो तल्ला निर्माण सम्पन्न भई अहिले दोस्रो तल्लाको काम भइरहेको छ । झिमरुक गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माण कार्य सम्पन्न भई रंगरोगनको काम समेत सकिएको र अहिले कार्यकक्ष निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले बताए । चार तल्लाको भवन निर्माण गर्ने डिपिआर तयार भएपनि अहिले २२ कोठाको २ तले भवन निर्माण पुरा भएको हो ।

भवनको लागत अनुमान ६ करोड ५७ लाख ३५ हजार ७ सय २४ रुपैयाँ रहेको प्रमुख प्रशासकिय अधिकृत शुवाष रिजालले जानकारी दिए । प्रशासनिक भवनमा आपतकालिन भर्याङ र अपाङ्गमैत्री शौचालय समेत निर्माण गरीएको छ ।
आफ्नै भवन निर्माणपछि कार्यालयको नियमित सेवा प्रवाहमा सहज हुने अपेक्षा गाउँपालिकाले लिएको छ । गाउँपालिकाले यसअँघि सोहि ठाउँमै सभाहल निर्माण गरी पार्टिसन गरेर सेवा प्रवाह गर्दै आएको छ ।

नौबहिनी गाउँपालिकाले बाहानेमा साडे ३ तलाको भवन निर्माण थालेको छ । करिव ६ करोड ५० लाख लागतमा निर्माण सम्पन्न हुने अनुमानित लागत सहित २०७८ असार महिनामा भवन निर्माणको लागि शिल्यान्यास गरीएको छ । मल्लरानी–रविना–आँशु जेभिले २०७९ मंसिरमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौता भई काम गरीरहेको निमिक्त प्रमुख प्रशासकिय अधिकृत अरविन्द्र ब्रह्माले बताए ।

गौमुखी गाउँपालिकाले यसअघि सभाहल निर्माण गरीसकेको छ भने अब प्रशासनिक भवन निर्माणको चरणमा रहेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए । भवन निर्माणको लागि चालु आर्थिक वर्षमा १ करोड ३० लाख रुपैयाँ छुट्टयाइएको छ । करिव ३ तल्लाको बन्न लागेको भवन निर्माण सम्पन्न गर्नको लागि करिब ५ करोड रुपैयाँ अनुमान गरीएको छ । डिपिआर सम्पन्न भई तत्कालै टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको छ ।

मल्लरानी गाउँपालिकाले भने बल्ल जग्गा प्राप्तिको प्रक्रिया टुङ्गाएको छ । ६ रोपनी जग्गा प्राप्ती गरी पौस मसान्तसम्म डिपिआर सम्पन्न गरी भवन निर्माणको लागि माग योजना रहेको प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले बताए । पुस महिना लाग्दै टेन्डर प्रक्रिया सुरु गर्ने कार्यालयले जनाएको छ । हाल गाउँपालिका भाडामा बस्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...