News Portal

रेडियो सुन्नुहोस्

पुष्प कृषिमा रम्दै राधा र रेखा

सुजाता थापा क्षेत्री२०७८ पुस ६, प्यूठान
१०९६ पटक
२०७८ पुस ६, प्यूठान

वरिपरी तारले बारेको बारी भित्र लामो–लामो २ वटा प्लास्टीकको टनेलका घर छन् । एका तर्फको टनेलमा साना–साना उम्रदै गरेका विभिन्न बिउका बिरुवा छन् भने अर्को टनेलमा बिभिन्न थरिका आकर्षक फूल र फूलका बिरुवाहरु छन् । बारी भरि टमक्क प्याजका बिरुवाले अझ सुन्दरता थपेको छ, सौन्दर्य पुष्प कृषि नर्सरीको । मोटरबाट तानेर सररररर पानी चाहार्दै गरेकी राधा र रेखा दिनहुँ यहिँ भेटिन्छन् । यी दुईले दैनिक न्यूनतम ६ देखि १० घण्टासम्म यहि काममा समय बिताइरहेका हुन्छन् ।


प्यूठान न.पा.४ निवासी राधा अधिकारी र सोहि न.पा.३ कि रेखा खत्रीको साझेदारीमा जुम्रिमा सौन्दर्य पुष्प कृषि नर्सरी फर्म स्थापना गरीएको छ । विगत ४ वर्ष देखि सञ्चालनमा रहेको फर्म अहिले ८ रोपनी क्षेत्रफलमा फैलिएको छ । ‘अहिले जग्गा बढाएका छौं’, राधाले भनिन्, ‘पहिले ७ लाख लगानीमा ३ रोपनी क्षेत्रफलमा काम सुरुवात गरेका हौं ।’


उनका अनुसार हाल ८ रोपनी जग्गामा २० लाख वरावरको लगानी रहेको छ । ‘८ रोपनी जग्गाको वार्षिक भाडा ८० हजार बुझाउँछौं, उनले भनिन्, ‘पुर्ण अर्गानिक कृषि खेती उत्पादन गर्दै आएकोले खुसी छौं ।’ यस फर्ममा उनीहरु कम्पोष्ट मल तथा कुखुराको मल प्रयोग गरि खेती गर्दै आइरहेको बताए ।

‘नर्सरीको सुरुवात फुलका विरुवाबाट गरेका हौं’, रेखा खत्रीले भनिन्, ‘यस पुष्प कृषि नर्सरी जिल्लामै पहिलो पटक स्थापना गरेका हौं ।’ उनका अनुसार जिल्लामा नर्सरी सञ्चालन गर्नु अघि प्यूठान नगरपालिकाको सहयोगमा पुष्प विकास केन्द्र गोदाबरीमा गई तालिम लिइएको थियो ।

यो तालिमसँगै उनीहरुले स्थानीय तह र विभिन्न संघ संस्था मार्फत कृषि सम्बन्धी तालिम लिएको अनुभव छ । पुष्प नर्सरीले मात्र बजार नपाउँदा कृषि सम्बन्धी बिरुवा उत्पादन गर्न लागेको उनीहरुको भनाई छ । यस नर्सरीमा मौसमी तथा वेमौसमी तरकारीका विरुवा उत्पादन हुने गर्दछन् । उनीहरुका अनुुसार हाल प्याज, काउली, टमाटर, बन्दागोभी, रायो, ब्रो–काउली लगायतका विरुवा बिक्रि गर्ने तयारीमा छन् । वर्खे वाली लौका, करेला, काँक्रा, चिचिन्डा, भान्टा, फर्सि, खुर्सानी, रायो, टमाटर जस्ता विरुवा उत्पादन गर्ने तयारी समेत भइरहेको छ । सिमी, टमाटर, साग, आलु जस्ता तरकारी पनि उत्पादन तथा बिक्रि गर्दै आएको उनीहरुले बताए । ‘बिरुवा र फूलका विरुवा दैनिक ३ देखि ५ हजार सम्मको बिक्रि हुन्छ’, उनले भनिन्, ‘कहिलेकाँही धेरै बिक्रि हुने भएपनि सरदरमा यतिको कारोवार हुने गरेको छ ।’


नर्सरीमा लालुपाते, इम्पेक्सन, सिउडीफुल, इजेलिया, साल्भिया (दुलहीफुल), बेन्थुस, गोदाबरी, ढालिया (लाहुरे फुल), जेरामियम, बकमबली, हंशराज, एक्जोभेरा (कृष्णकलि), गुलाव लगायत बिरुवा फूल उत्पादन हुदै आएको छ । फर्मबाट सो प्लान्टहरु, इन्डोर तथा आउटडोर प्लान्टहरु समेत उत्पादन भई बिक्रि हुँदै आएको राधाले बताइन । यहाँ उत्पादन भएका बिरुवा प्यूठान सहित दाङ्ग, गुल्मी, अर्घाखाँची, रोल्पा, कपिलवस्तु लगाएतका जिल्लामा निर्यात हुँदै आएको उनले बताइन् ।

फूलको बिक्रि तिहारको बेला हुने भएकाले हरेक वर्ष यो समयका लागि सयपत्री, मखमली, हजारी र गोदाबरी फुल करिब ५ रोपनी जग्गामा उत्पादन गर्दै आइरहेका छन । तिहारको लागि बजारमा आयाति प्लास्टिकका मालालाई बिस्थापन गर्ने गरी आउँदा वर्षमा फूल खेती बिस्तारको लक्ष्य यिनीहरुले राखेका छन् ।

रोजगारका लागि विदेश जाने युवा युवतीहरुलाई देख्दा सामान्य जस्तै लागेपनि कृषि कर्ममा पौरख गर्ने हो भने स्वदेशमा आम्दानीका स्रोत रहेको यिनीहरुको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...