News Portal

रेडियो सुन्नुहोस्

अखिल नेपाल शिक्षक संगठन प्युठानकाे पाँचौ जिल्ला सम्मेलन सम्पन्न

अध्यक्षमा शिव बहादुर थापा निर्विरोध चयन

राजेन्द्र रावत छेत्री २०७८ पुस १०
६२१ पटक
२०७८ पुस १०

नेपाल कम्युनिष्ट पार्टी निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन प्युठानकाे पाँचौ जिल्ला सम्मेलन आज सम्पन्न भएको छ ।
शनिवार सम्पन्न सम्मेलनलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय बरिस्ठ उपाध्यक्ष लक्षिराम ढकालले नेपालकाे माटाे सुहाउँदो, प्राविधिक, व्यवहारिक तथा वैज्ञानिक र निशुल्क शिक्षा प्रणाली आजकाे अनिवार्य आवश्यकता रहेकाे बताएका छन् । उनले राज्यसत्ताको आधार परिवर्तन नगरी उपरी संरचना परिवर्तन हुदैन, राज्यसत्ताको आधार र उपरी संरचनामा परिवर्तन नगरेसम्म शिक्षामा आमुल परिवर्तन सम्भव नरहेकाे बताएका छन् । शिक्षालाई निजिकरण र व्यापारीकरण नगरी राज्यकाे दायित्व र जनताकाे अधिकारकाे रुपमा हुनुपर्ने कुरामा उनले जाेड दिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर के.सी.(जागृति)ले वर्तमान शिक्षा प्रणाली हुदाखानेकाे नभई हुनेखानेकाे पक्षमा रहेकाेले शिक्षामा आमुल परिवर्तन आवश्यक रहेकाे बताए ।
कार्यक्रममा संगठनका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष नारायण भण्डारीले वर्तमान समयमा सरकारलेनै शिक्षकलाई विभेद गरेकाे बताएका छन् ।
कार्यक्रममा नेकपा प्युठानका पुर्व इन्चार्ज सुर्यप्रकाश, संगठनका केन्द्रीय सदस्य तथा राेल्पा, प्युठानका इन्चार्ज बिरवल वली, र गुल्मी, अर्घाखाँची इन्चार्ज लक्ष्मण वली, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रदिप कवर लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेकाे थिए ।
सम्मेलन ले शिव बहादुर थापाकाे अध्यक्षतामा ४ जना पछि थप्नेगरी १७ सदस्यीय अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति प्युठान निर्वाचित गरेकाे छ । जस्काे उपाध्यक्षमा एगम सुनार, महिला उपाध्यक्ष टीका गिरी (शुसिला), सचिव बाेम बहादुर राँहु, सह सचिव एलिना सेन र मदन अधिकारी, काेषाध्यक्ष अमृत सुनार चयन भएका छन् । सदस्यहरुमा कमला घर्ती, मुम बहादुर पुन, मान बहादुर के. सी. सञ्जय अधिकारी रहेका छन् ।
एगम सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन बाेम ब राँहुले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...