News Portal

रेडियो सुन्नुहोस्

अखिल नेपाल शिक्षक संगठन प्युठानकाे पाँचौ जिल्ला सम्मेलन सम्पन्न

अध्यक्षमा शिव बहादुर थापा निर्विरोध चयन

राजेन्द्र रावत छेत्री २०७८ पुस १०
१३७४ पटक
२०७८ पुस १०

नेपाल कम्युनिष्ट पार्टी निकट पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन प्युठानकाे पाँचौ जिल्ला सम्मेलन आज सम्पन्न भएको छ ।
शनिवार सम्पन्न सम्मेलनलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय बरिस्ठ उपाध्यक्ष लक्षिराम ढकालले नेपालकाे माटाे सुहाउँदो, प्राविधिक, व्यवहारिक तथा वैज्ञानिक र निशुल्क शिक्षा प्रणाली आजकाे अनिवार्य आवश्यकता रहेकाे बताएका छन् । उनले राज्यसत्ताको आधार परिवर्तन नगरी उपरी संरचना परिवर्तन हुदैन, राज्यसत्ताको आधार र उपरी संरचनामा परिवर्तन नगरेसम्म शिक्षामा आमुल परिवर्तन सम्भव नरहेकाे बताएका छन् । शिक्षालाई निजिकरण र व्यापारीकरण नगरी राज्यकाे दायित्व र जनताकाे अधिकारकाे रुपमा हुनुपर्ने कुरामा उनले जाेड दिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर के.सी.(जागृति)ले वर्तमान शिक्षा प्रणाली हुदाखानेकाे नभई हुनेखानेकाे पक्षमा रहेकाेले शिक्षामा आमुल परिवर्तन आवश्यक रहेकाे बताए ।
कार्यक्रममा संगठनका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष नारायण भण्डारीले वर्तमान समयमा सरकारलेनै शिक्षकलाई विभेद गरेकाे बताएका छन् ।
कार्यक्रममा नेकपा प्युठानका पुर्व इन्चार्ज सुर्यप्रकाश, संगठनका केन्द्रीय सदस्य तथा राेल्पा, प्युठानका इन्चार्ज बिरवल वली, र गुल्मी, अर्घाखाँची इन्चार्ज लक्ष्मण वली, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रदिप कवर लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेकाे थिए ।
सम्मेलन ले शिव बहादुर थापाकाे अध्यक्षतामा ४ जना पछि थप्नेगरी १७ सदस्यीय अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति प्युठान निर्वाचित गरेकाे छ । जस्काे उपाध्यक्षमा एगम सुनार, महिला उपाध्यक्ष टीका गिरी (शुसिला), सचिव बाेम बहादुर राँहु, सह सचिव एलिना सेन र मदन अधिकारी, काेषाध्यक्ष अमृत सुनार चयन भएका छन् । सदस्यहरुमा कमला घर्ती, मुम बहादुर पुन, मान बहादुर के. सी. सञ्जय अधिकारी रहेका छन् ।
एगम सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे संचालन बाेम ब राँहुले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...