News Portal

रेडियो सुन्नुहोस्

पत्रकारिता राजनीति गर्ने माध्यम होइन

टु आर क्षेत्री२०७८ माघ १८, प्यूठान
८२४ पटक
२०७८ माघ १८, प्यूठान

सत्य,तथ्य घट्नामा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु पत्रकारिताको धर्म हो । चाहे त्यो २०६२÷६३ को जनआन्दोल होस्, या २००७ सालको प्रजातन्त्र प्राप्ति यी सवै खाले परिवर्तनमा नेपाली पत्रकारिताले अग्रणी भूमिका खेल्दै आएको छ । तर,पछ्ल्लिो समय भने पत्रकारिताले कमाएको विश्वास घट्दै गएको पाइन्छ । केहि निश्चित पत्रकार तथा मिडिया हाउस पत्रकारिताको नाममा दलगत वा निश्चित व्यक्ति वा संस्थाको अनुयायी भएर पत्रकारिता गर्दा पत्रकारिता प्रति जनताको विश्वसनियता घट्दै गएको छ । केही अनलाइनहरू, मिडिया हाउसहरु सबै पक्षका बारेमा जानकार हुन नसक्दा सहि सुचना संप्रेषण हुन सकेको छैनन् ।

राजनीतिको प्रभावबाट प्यूठानको पत्रकारितामा पनि अछुतो रहन सकेको छैन । जसको फलस्वरुप हरेक पत्रकार दलगत रुपमा विभाजित हुन पुगेका छन् । पत्रकारलाई राजनीति चेतना हुन आवश्यक छ । तर राजनीतिको नाममा दलका साँघुरा विचारबाट प्रभावित भएर दलगत प्रचार गर्नु गलत हो ।
पत्रकारहरु व्यक्तिगत लाभ प्राप्तिका लागि राजनितीमा लाग्ने गरेको एक साजिक अगुवा बताउँछन् । ‘पत्रकार राजनीतीमा लाग्दा पत्रकारिता प्रति जनताको विश्वसनियता घटेको छ’,उनले भने,‘राजनितीमा लागेका पत्रकारहरुले स्वच्छ पत्रकारिता गर्न सक्दैनन्, जनताको आवाज बोल्न सक्दैनन् ।’

प्यूठानमा सामान्य नागरिकले उठाएको विषय पनि सञ्चार माध्यममा नआउने गरेको उनको भनाई छ । प्यूठानमा भर्खरै तीन ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादि केन्द्रको महाधिवेशन सम्पन्न भएको छ । जसमा प्यूठान पत्रकारको ठुलो सहभागिता रह्यो । प्यूठानका धेरै जसो पत्रकार दलगत प्रचारमा लागे भने केहिले लुकेर पनि प्रचार गरे । संसदको ठुलो दल नेकपा एमालेको जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा आधा दर्जन पत्रकार निर्वाचित भएका छन् । यस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको महाधिवेशनमा प्यूठानका केहि पत्रकारले पार्टीका नेतृत्व चुन्न मतदान समेत गरे । यी त केहि उदारण मात्र हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा प्यूठानका आधादर्जन पत्रकार चुनाव लडेका थिए । उनीहरुले पत्रकारिता छोडेनन् । पत्रकारहरु राजनीतीमा आउनु सकारात्मक कुरा हो । राजनीतिमा लागेर पत्रकारिता नछोड्दा पत्रकारिताको धर्म छोड्न हँुदैन ।

पत्रकार राजनीतिमा जान सजिलो र नागरिक माझ लोकप्रिय हुने भएकाले पत्रकारहरु राजनीतिमा लागेको प्रेस युनियन प्यूठानका अध्यक्ष श्रीराम भण्डारी बताउँछन् । ‘पत्रकार राजनीतिमा लाग्नुलाई नराम्रो मान्न सकिदै तर पत्रकारले लेख्ने विषयवस्तु यथार्थ परक हुन जरुरी छ’ उनले भने । सक्रिय राजनीतिमा रहिरहदा पत्रकारको समाचारमा जनताको विश्वास घट्ने अध्यक्ष भण्डारीको भनाइ छ । नेपाल पत्रकार महासंघले कुनै पनि राजनीतिक दलमा वसेर स्वतन्त्र र सन्तुलित पत्रकारिता नहुने भन्दै कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै तहको विभाग वा समितिमा रहि काम गरिरहेको तथा कुनै राजनितिक दलको प्रतिनिधि वा उम्मेद्वार बनेको अवस्थामा उच्च नैतिकता देखाउन आग्रह गरेको छ । तर प्यूठानमा भने त्यो लागु भएको छैन । यहाँ राजनीतिक दलको उम्मेद्वारदेखि निर्वाचित हुँदासम्म पत्रकारले पत्रकारिता छोडेको पाइदैन । केन्द्रले यसवारे सर्कुलर गरेकोले आगामी बैठकमा छलफल गरिने नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले बताउँछन् ।

नेपाल पत्रकार महासंघबाट सदस्यता लिएका र राजनितिमा लागेकाहरुबारे ठोस कदम चाल्ने अध्यक्ष रिजालले बताए । ‘पार्टीको मुखपत्रको रुपमा पत्रकारिताको विकास भएता पनि पछिल्लो परिर्वतनले पार्टीका मुखपत्र अस्तित्व हराउदै गएका छन्’ उनले भने ‘अहिले जनताले दलको निकटको पत्रकार भन्दा स्वतन्त्र पत्रकार मन पराउछँन’ । प्यूठानको पत्रकारितामा आएका विकृति, विसंगति तथा कमिकमजोरी बारे सार्वजनिक सुनूवाइ गर्नेबारे आगामी बैठकमा प्रस्ताव लग्ने उनको भनाई छ । सरकार बिनाको राज्यको कल्पना गर्न सकिन्छ तर पत्रकारिता बिनाको राज्यको कल्पना पनि सकिँदैन । त्यसैले पत्रकार तथा मिडिया हाउसको विकल्प खोज्नुको सट्टा थप जिम्मेवार वनाउन जरुरी छ ।

प्रतिकृया दिनुहोस्

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...