News Portal

रेडियो सुन्नुहोस्

सरुमारानीमा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन हुने

३ वटा वडामा उक्त शिविर सम्पन्न

सुजाता थापा क्षेत्री २०७८ फागुन ७
११६२ पटक
२०७८ फागुन ७

सरुमारानी गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य घुम्ती शिविर संचालन हुने भएको छ । सरुमारानी गाउँपालिकाको पशु सेवा शाखा बड्डाँडाको आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त पालिकामा पशु स्वास्थ्य घुम्ती शिविर संचालन गरिने भएको हो ।

विशेष गरि पशु सेवा शाखाको पहुँचबाट टाढा रहेका पशुपन्क्षीपालक कृषकहरुको पशुपन्क्षीमा देखिने समस्याहरुको समाधान गरि उनीहरूको क्षति न्यूनीकरण गरी उत्पादन वृद्धि गर्ने उदेश्यले शिविरको आयोजना गरिएको पशु सेवा शाखा प्रमुख केशव गिरीले जानकारी दिए ।

शिविर फागुन ८ गते वडा नं १ झिलिवाङ, १० गते वडा नं २ को तमु ल्होसार मञ्च र १२ गते वडा नं ३ को सजिकोटमा संचालन हुने भएको छ ।
उक्त शिविरबाट पशुपन्क्षीको आन्तरिक तथा बाह्य परिजिवी विरुद्ध औषधी वितरण, सम्पुर्ण रोग तथा समस्याहरुको उपचार, बहर एवं अन्य बोकाहरुको बन्ध्याकरण, कुकुरलाई रेबिज विरुद्ध खोप, बाजोपनको उपचार र पशुपन्क्षीपालन सम्बन्धी परामर्श आदि सेवाहरु प्रदान गरिने भएको गिरीले जानकारी दिए ।

सोही कार्यक्रम अनुरुप माघ २६ गते वडा नं ५ जस्पुरमा राखिएको निःशुल्क घुम्ती पशु स्वास्थ्य शिविरमा १ सय ७९ जना पशुपन्क्षीपालक तथा कृषकको ४ हजार ३ सय १२ वटा पशुपक्षीहरुलाई सेवा प्रदान गरेको थियो ।

उक्त शिविरले फाल्गुन १ गते वडा नं ६ भिंग्रीखोलामा ६१ कृषकका ९ सय ४८ पशुपन्क्षी र फागुन ३ गते वडा नं ४ को ५४ कृषकका १ हजार ३ सय १२ वटा पशुपन्क्षीहरुलाई निःशुल्क सेवा प्रदान गरेको प्रमुख गिरीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...