News Portal

रेडियो सुन्नुहोस्

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्युठानको अध्यक्षमा कुवर निर्वाचित

तेजेन्द्र बि. एम.२०७८ फागुन २०
१०९५ पटक
२०७८ फागुन २०

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानको एघारौं साधारण सभा एवं पाचौं अधिवेशनबाट अध्यक्षमा जुद्ध बहादुर कुवर निर्विरोध निर्वाचित भएका छन् ।
साधारण सभा तथा अधिवेशनको अवसरमा पर्यटन सुचना केन्द्रको समेत समुद्घाटन गरिएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभा सदस्य क्षेत्र नं. १ का सांसद हरि रिजालको प्रमुख आतिथ्यतामा खुल्ला सत्र तथा सुचना केन्द्रको उद्घाटन गरिएको हो । अधिवेशनबाट अध्यक्षमा कुवर निर्वाचित भएसङ्गै बरिस्ठ उपाध्यक्षमा दिलाराम सुवेदी, द्वितीय उपाध्यक्षमा भुपेन्द्र श्रेष्ठ, पर्यटन तर्फ उपाध्यक्ष वसन्त प्रसाद भण्डारी, महासचिव लिलाधर न्यौपाने, सचीव गिरिराज अधिकारी, कोषाध्यक्ष खेमराज बस्नेत, सहसचिव वसन्त राज पोख्रेल, सहकोषाध्यक्ष सञ्जय कुमार श्रेष्ठ र बरिस्ठ सदस्यमा जनक के. सि. निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा कमला नकर्मी, चित्र गिरी, तारा योगि, वसन्त श्रेष्ठ, जनक बहादुर के. सी., रामचन्द्र भण्डारी, नारायण प्रसाद श्रेष्ठ, रेशम श्रेष्ठ, जगन्नाथ श्रेष्ठ, विष्णु के. सी., प्रमोद श्रेष्ठ र रमेश राना चयन भएका छन् ।
‘‘होटल, पर्यटन, कृषि, उद्योग र व्यापार, खुशी नेपाली समृद्ध नेपालको मुख्य आधार’’ भन्ने मुल नाराका साथ होटल व्यवसायी संघको अधिवेशन खुल्ला शत्रको कार्यक्रम संगै पर्यटन सुचना केन्द्रको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले होटल व्यवसायीहरुले आमा र बुबाको न्यानो मायालाई बिर्साइदिने भएकोले आमा र बुबाकै सम्मान होटल व्यवसायीकर्मिहरुलाई आफुले बताएका थिए । पर्यटक र व्यवसायीकर्मीहरुको पारस्पारिक सम्बन्ध हुने भएकोले सिङ्गो जिल्लाको विकासको लागि आफु सदैव सकारात्मक हुने समेत रिजालले बताएका छन् । साथै कार्यक्रममा विशेष अतिथिको रुपमा होटल व्यवसायी महासंघ नेपालका सचिव चन्द्रलाल न्यौपाने, प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपती लगायतका अतिथिहरुले होटल व्यवसाय विकासको अधार भएको बताएका छन् । होटल ब्यवसायीहरु पर्यटकको पहिलो आधार भएकोले पर्यटकिय क्षेत्रमा थप व्यवस्थापनका साथ व्यवसायीमा लाग्नु पर्ने वक्ताहरुको भनाई थियो ।
होटल व्यवसायी संघका अध्यक्ष गुञ्ज बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका संचालन संघका महासचिव बसन्त प्रसाद भण्डारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...