News Portal

रेडियो सुन्नुहोस्

चैत्र २५ गतेदेखी ३० गतेसम्म टाइफाइड विरुद्धको खोप दिईने

प्यूठानका ८३ हजार बालबालिकालाई टाइफाईड विरुद्धको खोप लगाईदै

झुलेनी नेटवर्क२०७८ चैत २१ प्यूठान
१२३७ पटक
२०७८ चैत २१ प्यूठान

प्यूठानमा ८३ हजार ८४ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिईने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सोमबार आयोजना गरेको टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात सम्बन्धी सञ्चारकर्मीहरुसगँको अभिमुखीकरण कार्यक्रममा टाइफाइड खोपको बारेमा जानकारी गराएको हो । जिल्लाका १५ महिना भन्दा माथिका र १५ वर्ष मुनिका बालबालिकालाई आगामी चैत्र २५ गतेदेखी ३० गतेसम्म खोप लगाउने अभियान सुरु गरिने स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्काले बताए । लक्षित समुह अन्तर्गत नियमित खोप अभियान १५ महिना देखी २३ महिना सम्मका बालबालिका र खोप अभियान अन्तर्गत १५ महिना देखी माथि र १५ वर्ष मुनिका बालबालिकालाई खोप दिईनेछ ।

जिल्लाका ९ वटै स्थानिय तहका विद्यालयमै खोप अभियान सञ्चालन गर्दा प्रत्येक विद्यालयमा एक जना विद्यालय नर्स वा एक शिक्षक रहने छन । प्यूठान जिल्लाको सन्र्दभमा खोप केन्द्र विद्यालयमा ३ सय ७८ र विद्यालय भन्दा बाहिर ६४ स्वास्थ्य चौकी गरी जम्मा ४ सय ४२ केन्द्रबाट खोप दिईनेछ । खोप अभियानका लागि जिल्लामा सयौ को संख्यामा स्वास्थ्यकर्मी तथा स्वयमसेवकहरु परिचालन गर्नेे तयारी भैरहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

नेपालमा टाइफाइड कन्जुगेट भ्याक्सीन (टि.सीे.भी.) नामक टाइफाइड विरुद्धको खोप लगाईदै छ । यो खोप भारतको बायोलोजिकल ई लिमिटेडबाट उत्पादन भएको हो । खोप करिब ९७ प्रतिशत सम्म प्रभावकारी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । चैत्र २५ गते देखी टाइफाइड खोप अभियान देशैभरी एकैचरणमा सुरु हुँदै छ ।

नेपालमा पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष ४ लाख ५० हजार टाइफाइड संक्रमित हुने गरेको पाईएको छ । खानेपानी, खाना र सरसफाईमा ध्यान नपुराउँदा यस्ता खालका रोगले आक्रमण गर्ने गरेको चिकित्सकहरु बताउँछन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...