News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय जनमाेर्चाले प्यूठानका ३ सहित ७ स्थानीय तहको नेतृत्वमा दावि गर्ने

झुलेनी नेटवर्क२०७९ बैशाख ४
८४० पटक
२०७९ बैशाख ४

सत्ता गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले तीन जिल्लाका ७ स्थानीय तह प्रमुख र ६ उपप्रमुख दाबी गर्ने तयारी गरेको छ । उक्त मोर्चाले प्यूठानका तीन स्थानीय तह प्रमुख र उपप्रमुख, बागलुङका तीन प्रमुख र दुई उपप्रमुख र अर्घाखाँचीमा एक प्रमुख र एक उपप्रमुख दाबी गर्ने तयारी गरेको हो ।

जनमोर्चाले प्यूठानका झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिकामा अध्यक्ष र र उपाध्यक्ष जितेकाले दुबैमा आफ्नो दाबी नछोड्ने भएको छ भने स्वर्गद्वारी नगरपालिकाको मेयरमा दाबी गरिने जनमोर्चा निकट अखिल छैठौका पूर्व अध्यक्ष बिमल पोखरेलले बताए ।

स्वर्गद्धारी नगरपालिकामा जनमोर्चा मुख्य प्रतिस्पर्धी भएकाले मेयरको दाबी नछोड्ने उनले बताए । परिस्थिति हेरेर कुनै स्थानीयतहमा एक उपप्रमुख दाबी गर्ने जनमोर्चाको योजना छ ।प्यूठानका ९ स्थानीय तहमध्ये राष्टिय जनमोर्चाले तीन प्रमुख र तीन उपप्रमुख मात्रै दाबी गर्ने भएको छ ।

यस्तै बाग्लुङमा तीन प्रमुख र दुइ उपप्रमुख दाबी गर्ने जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले बताए । ढोरपाटन र जैमुनी नगरपालिकामा मेयर र बरेङ गाउँपालिकामा अध्यक्ष दाबी भएको पोखरेलले बताए । बरेङ गाउँपालिका उपाध्यक्षसहित कुनै एक स्थानीय तहमा उपाध्यक्षको दाबी रहेको समेत उनले बताए । यसअघि जनमोर्चाले बाग्लुङको बरेन गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै जितेको थियो । ‘हामीले तीन प्रमुख र दुइ उपप्रमुख दाबी गरेका छौं । प्रमुखमा तलमाथि हुँदैन’ पोखरेलले भने,‘उपप्रमुखमा एक लिएर अरु जिल्ला समन्वय समिति लिनेगरी सहमति गर्न सक्छौ ।’ बाग्लुङमा १० स्थानीय तह छन् ।

यस्तै अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मेयर र सन्धिखर्क नगरपालिकाको उपमेयर दाबी गर्ने जनमोर्चाको तयारी छ । तीन जिल्लाबाहेक अरु कुनै जिल्लामा प्रमुख÷उपप्रमुख दाबी नगर्ने पोखरेलले बताए । तर, वडामा भने जनमोर्चाले दाबी गर्ने उनले बताए ।

जनमोर्चाले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल नै नगर्ने नीति लिएको छ । जतिसुकै बेमेल भएपनि सत्ता गठबन्धनभित्रका दलसँग मात्रै चुनावी तालमेल गर्ने नीति सो पार्टीले लिएको छ । यदि सत्ता गठबन्धनभित्र तालमेलमा सहमति नभए एकल रुपमा भिड्ने तयारी जनमोर्चाले गरेको छ।

–राताेपाटी बाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...