News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय जनमाेर्चाले प्यूठानका ३ सहित ७ स्थानीय तहको नेतृत्वमा दावि गर्ने

झुलेनी नेटवर्क२०७९ बैशाख ४
९७० पटक
२०७९ बैशाख ४

सत्ता गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले तीन जिल्लाका ७ स्थानीय तह प्रमुख र ६ उपप्रमुख दाबी गर्ने तयारी गरेको छ । उक्त मोर्चाले प्यूठानका तीन स्थानीय तह प्रमुख र उपप्रमुख, बागलुङका तीन प्रमुख र दुई उपप्रमुख र अर्घाखाँचीमा एक प्रमुख र एक उपप्रमुख दाबी गर्ने तयारी गरेको हो ।

जनमोर्चाले प्यूठानका झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिकामा अध्यक्ष र र उपाध्यक्ष जितेकाले दुबैमा आफ्नो दाबी नछोड्ने भएको छ भने स्वर्गद्वारी नगरपालिकाको मेयरमा दाबी गरिने जनमोर्चा निकट अखिल छैठौका पूर्व अध्यक्ष बिमल पोखरेलले बताए ।

स्वर्गद्धारी नगरपालिकामा जनमोर्चा मुख्य प्रतिस्पर्धी भएकाले मेयरको दाबी नछोड्ने उनले बताए । परिस्थिति हेरेर कुनै स्थानीयतहमा एक उपप्रमुख दाबी गर्ने जनमोर्चाको योजना छ ।प्यूठानका ९ स्थानीय तहमध्ये राष्टिय जनमोर्चाले तीन प्रमुख र तीन उपप्रमुख मात्रै दाबी गर्ने भएको छ ।

यस्तै बाग्लुङमा तीन प्रमुख र दुइ उपप्रमुख दाबी गर्ने जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले बताए । ढोरपाटन र जैमुनी नगरपालिकामा मेयर र बरेङ गाउँपालिकामा अध्यक्ष दाबी भएको पोखरेलले बताए । बरेङ गाउँपालिका उपाध्यक्षसहित कुनै एक स्थानीय तहमा उपाध्यक्षको दाबी रहेको समेत उनले बताए । यसअघि जनमोर्चाले बाग्लुङको बरेन गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै जितेको थियो । ‘हामीले तीन प्रमुख र दुइ उपप्रमुख दाबी गरेका छौं । प्रमुखमा तलमाथि हुँदैन’ पोखरेलले भने,‘उपप्रमुखमा एक लिएर अरु जिल्ला समन्वय समिति लिनेगरी सहमति गर्न सक्छौ ।’ बाग्लुङमा १० स्थानीय तह छन् ।

यस्तै अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मेयर र सन्धिखर्क नगरपालिकाको उपमेयर दाबी गर्ने जनमोर्चाको तयारी छ । तीन जिल्लाबाहेक अरु कुनै जिल्लामा प्रमुख÷उपप्रमुख दाबी नगर्ने पोखरेलले बताए । तर, वडामा भने जनमोर्चाले दाबी गर्ने उनले बताए ।

जनमोर्चाले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल नै नगर्ने नीति लिएको छ । जतिसुकै बेमेल भएपनि सत्ता गठबन्धनभित्रका दलसँग मात्रै चुनावी तालमेल गर्ने नीति सो पार्टीले लिएको छ । यदि सत्ता गठबन्धनभित्र तालमेलमा सहमति नभए एकल रुपमा भिड्ने तयारी जनमोर्चाले गरेको छ।

–राताेपाटी बाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...