News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको नेतृत्व कस्को भागमा ?

झुलेनी पोष्ट संवाददाता२०७९ बैशाख २५
१४०३ पटक
२०७९ बैशाख २५

अबको पाँचौं दिन मतदाताहरू स्थानीय तहमा आफ्ना प्रतिनिधि चुन्न यतीबेला लाइनमा हुनेछन् । गाउँघरमा चुनावको सरगर्मी बढ्दो छ, उम्मेदवारहरूले घरदैलो गर्नेदेखि सामाजिक सञ्जालका भित्ता रंग्याउने सम्मका कामलाई तीव्रता दिएका छन् । ठूला दलका नेताहरूले गाडीमा ठूला ठूला झण्डा राखेर आफ्ना पक्षमा गितहरु घन्काउदै गाउँगाउँ चाहारीरहेका छन् । चुनाव नजिकिँदै जाँदा उनीहरू आ आफ्ना दल र उम्मेदवारका पक्षमा मतदातालाई आकर्षित गर्न जोडतोडले लाग्नु स्वाभाविक हो । यसले चुनावी रौनक पनि बढाएको छ ।

प्यूठानमा विभिन्न स्थानमा भएका गठबन्धन वा एमालेका चुनावी अभियान हेर्दा सबैजसो स्थानमा कडा प्रतिश्पर्धा देखिन्छ । एमाले पहिले आफूले जितेका स्थान कायम राख्दै थप स्थानीय तहहरुमा जित हात पार्नुपर्छ भन्ने दाउँमा छ । त्यसै अनुसार केन्द्रदेखि जिल्ला तहका नेता कार्यकर्ता लागेका छन् । भने सत्ता गठबन्धन दलहरु गठबन्नधनका उम्मेदवारहरुलाइ जिताएर प्यूठानमा नेकपा एमालेलाई िनल पार्ने दाउँमा छन् ।
कुनै समय नेकपा मसालको गड मानिने प्यूठानमा पहिलो पटक उसको चुनाबी मोर्चा राजमो नेपाली कांग्रेसको वैशाखी टेकेर निर्वाचनमा होमीएको छ । राजमोका नेताहरु पहिलो पटक नेपाली कांगेसको चुनाव चिन्ह रुखमा भोट खसाल्दै छन् । कुनै स्थानीय तहमा उम्मेदवारनै बनेर रुखमै भोट माग्दै हिँडेका छन् । प्यूठान नगरपालिकामा यसअघि माओबादीसंग चुनावी तालमेलमा उपमेयर पदमा उम्मेदवार बनेका राजमो नेता धु्रर्व थापा प्यूठान नगरपालिका वडा नम्बर ७ को सदस्य पदमा गठबन्धनबाट उम्मेदवार बनेर रुख चिन्हमा भोट माग्दै हिंडेका छन् ।

प्यूठान जिल्लाको मुटु मानीने प्यूठान नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुख पद गुमाएपनि धेरै वडाको नेतृत्व सहित कार्यपालिकामा एमालेले बहुमत जित हात पारेको थियो । यहाँ त्यो निर्वाचनमा माओबादी र राजमोको गठबन्धनबाट मेयर अर्जुन कुमार कक्षपति निर्वाचित भएका थिए । उनी जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचित भएको चर्चा थियो । त्यतिबेला उप प्रमुखमा एमालेकी नेतृ शान्ता आचार्य विजयी भएकी थिइन । एमालेका तत्कालिन अध्यक्ष तुल्सिराम शर्मा मेयर पदमा परारजित भएका थिए ।

यो निर्वाचनमा एमाले पार्टी अध्यक्षनै उम्मेदवार बनेकाले १० वडामध्य धेरै वडाको नेतृत्व सहित मेयर उपमेयर पदमा जित हात पार्ने योजना सहित निर्वाचमा होमिएको छ एमाले । गठबन्धन दलहरु एमालेलाई हराउने रणनीतिमा छन्  । सत्ता गठबन्धनका तर्फबाट माओबादीका विष्णु योगी प्रमुखमा र नेपाली कांग्रेसका देवेन्द्र बर्मा उपप्रमुखका उम्मेदवार बनेका छन् । एमालेबाट प्रमुखमा बिजयबिराज विष्ट र उपप्रमुखमा पवित्रा जिसी मैदानमा छन् । यस अघिको निर्वाचनको आँकडालाई आधार मान्दा सत्ता गठबन्धन उम्मेदवार बलियो देखिन्छन् । तर,कार्यकर्ताले गठबन्धनलाई आत्मसात गरेको पाइदैन । दलका जिल्ला स्तरीय नेताहरुले गठबन्धन गर्ने बित्तिकै स्थानीय कार्यकर्ताले स्वीकारेका छैनन् । वडाहरुकमा बागी उम्मेदवार बनेका छन् । जनमनमा गठबन्धन नभएको अवस्थामा निर्वाचनको परिणाम जे पनि आउन सक्छ । प्यूठान नगरपालिकामा दुई स्वतन्त्रसहित १ सय ४८ उम्मेदवार चुनावी मैदानमा छन् । प्रमुखमा ४ र उपप्रमुख पनि ४ जना छन् । प्यूठान नगरपालिकामा यसपालि २९ हजार ८ सय ८६ मतदाता छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...