News Portal

रेडियो सुन्नुहोस्

बाँदर नियन्त्रण गर्न विशेष अभियान

सिखबर संवाददाताभाद्र ०२ स्वर्गद्वारी, प्यूठान
२०७२ पटक
भाद्र ०२ स्वर्गद्वारी, प्यूठान

स्वर्गद्वारी नगरपालिकाको पहलमा माण्डवी गाउपालिका र सुनिल स्मृति गाउपालिका सँगको समन्वयमा बाँदर नियन्त्रण गर्न विशेष अभियान थालनी गरिएकाे छ । स्वर्गद्वारी नगरपालिकाकाे विशेष पहल र कृयतामा भारतको वनारस गोरखपुर बाट बाँदर नियन्त्रण गर्ने का लागि तालिम प्राप्त टोली शुक्रबार बाँदर प्रभावित क्षेत्रमा अाएर काम सुरु गरिएकाे स्वर्गद्वारी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिरामणी भण्डारीले जानकारी दिनुभयाे ।

विशेष गरेर राेल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं २ खुङग्री,लाल्टिवाङ्ग भाग्रीवाङ्ग,बाहेखोला सरोजा, खोलाखेत दमार, ओडार टाराढीक कोलम्पा,दोमइ किमिचौर बाटुले ,तल्लो सारी बलाङ्ग ,सयमुरे चिराबारी सोंड, नल्सी तापा सोत्रे, बाँजिपुर गोठिवाङ्ग,धनचौर बर्जिवाङ, जुडापाटा लामाचौर, नयाँगाउ चकचके लगायतका क्षेत्रमा बाँदर बस्ने संभावित ठाउँ हरू भएकाले उक्त ठाउँबाट बाँदर नियन्त्रण गरी सुरक्षित तरिकाले वन्यजन्तु आरक्षण, संरक्षित वन क्षेत्र तथा निकुञ्जमा स्थानान्तरण गरिने बडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यस स्वर्गद्वारी नगरपालिकाले नगरपालिका विभिन्न ठाउहरूमा वर्षेनी बाँदर आतंकले किसानहरूको बालिनाली सखाप पार्ने समस्यालार्इ मध्यनजर गर्दै आर्थिक वर्ष २०७५/०७६ को तेस्रो नगर सभा बाट बाँदर नियन्त्रणका लागि भन्दै १० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले थालेकाे कदम प्रति बाँदर पिडीत किसानहरु खुसी भएका छन । वर्षेनी लगाएर भित्र्याउने समयमा बाँदरले मकै बाली सखाप पारदिने समस्यावाट ग्रसित भएका किसानहरु बाँदर नियन्त्रण गरेर यहाँवाट सुरक्षित ठाउँ तिर स्थान्तरण गरिने भएपछि हर्षित भएका हून । बाँदर नियन्त्रणाकाे अभियानले किसानहरुलार्इ धेरै राहत मिल्ने नगर प्रमुख नेत्र बहादुर राेकायले जानकारी दिनुभयाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...