News Portal

रेडियो सुन्नुहोस्

बाँदर नियन्त्रण गर्न विशेष अभियान

सिखबर संवाददाताभाद्र ०२ स्वर्गद्वारी, प्यूठान
१९०७ पटक
भाद्र ०२ स्वर्गद्वारी, प्यूठान

स्वर्गद्वारी नगरपालिकाको पहलमा माण्डवी गाउपालिका र सुनिल स्मृति गाउपालिका सँगको समन्वयमा बाँदर नियन्त्रण गर्न विशेष अभियान थालनी गरिएकाे छ । स्वर्गद्वारी नगरपालिकाकाे विशेष पहल र कृयतामा भारतको वनारस गोरखपुर बाट बाँदर नियन्त्रण गर्ने का लागि तालिम प्राप्त टोली शुक्रबार बाँदर प्रभावित क्षेत्रमा अाएर काम सुरु गरिएकाे स्वर्गद्वारी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिरामणी भण्डारीले जानकारी दिनुभयाे ।

विशेष गरेर राेल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं २ खुङग्री,लाल्टिवाङ्ग भाग्रीवाङ्ग,बाहेखोला सरोजा, खोलाखेत दमार, ओडार टाराढीक कोलम्पा,दोमइ किमिचौर बाटुले ,तल्लो सारी बलाङ्ग ,सयमुरे चिराबारी सोंड, नल्सी तापा सोत्रे, बाँजिपुर गोठिवाङ्ग,धनचौर बर्जिवाङ, जुडापाटा लामाचौर, नयाँगाउ चकचके लगायतका क्षेत्रमा बाँदर बस्ने संभावित ठाउँ हरू भएकाले उक्त ठाउँबाट बाँदर नियन्त्रण गरी सुरक्षित तरिकाले वन्यजन्तु आरक्षण, संरक्षित वन क्षेत्र तथा निकुञ्जमा स्थानान्तरण गरिने बडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यस स्वर्गद्वारी नगरपालिकाले नगरपालिका विभिन्न ठाउहरूमा वर्षेनी बाँदर आतंकले किसानहरूको बालिनाली सखाप पार्ने समस्यालार्इ मध्यनजर गर्दै आर्थिक वर्ष २०७५/०७६ को तेस्रो नगर सभा बाट बाँदर नियन्त्रणका लागि भन्दै १० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले थालेकाे कदम प्रति बाँदर पिडीत किसानहरु खुसी भएका छन । वर्षेनी लगाएर भित्र्याउने समयमा बाँदरले मकै बाली सखाप पारदिने समस्यावाट ग्रसित भएका किसानहरु बाँदर नियन्त्रण गरेर यहाँवाट सुरक्षित ठाउँ तिर स्थान्तरण गरिने भएपछि हर्षित भएका हून । बाँदर नियन्त्रणाकाे अभियानले किसानहरुलार्इ धेरै राहत मिल्ने नगर प्रमुख नेत्र बहादुर राेकायले जानकारी दिनुभयाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...